अन्नपूर्णको बजेट सवा ६५ करोड

पोखरा ।
अन्नपूर्ण गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ का लागि ६५ करोड १५ लाख ३४ हजार ७ सय ७५ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँसभामा प्रस्तुत बजेट पर्यटन, कृषि, पूर्वाधार, सामाजिक रुपान्तरण र समावेशी विकासमा केन्द्रित छ ।
बजेटमध्ये २१ करोड ८२ लाख पुँजीगत र ४३ करोड ३२ लाख चालु खर्च छ । पर्यटन र कृषि क्षेत्रलाई प्राथमिकता दिँदै गाउँपालिकाले समग्र विकासमा अघि बढ्ने लक्ष्य राखेको छ । आगामी वर्ष कृषि उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न ५५ लाख विनियोजन गरिएको छ । व्यावसायिक कृषिलाई प्रोत्साहन गर्न दुग्ध, चल्ला र पशुपालन क्षेत्रमा अनुदानको व्यवस्था गरिएको छ ।
पर्यटन प्रवद्र्धनका लागि होमस्टे व्यवस्थापन र सञ्चालनमा बजेट विनियोजन गरिएको छ भने अन्नपूर्ण हाट बजार तथा व्यापार मेला सञ्चालनका लागि ३ लाख छुट्याइएको छ । गाउँपालिकाले स्थानीय सांस्कृतिक कार्यक्रम, पर्व तथा महोत्सवहरू—जस्तै ढिकुरपोखरीमा तीज मेला, भदौरे कोदो महोत्सव, लुम्ले अन्नपूर्ण म्याराथन, घान्द्रुक हनी हन्टिङ प्रतियोगिता, फागु महोत्सव, शीतल गुफा महोत्सव आदिलाई समेत बजेट राखिएको छ ।
गाउँपालिकाको प्रशासकीय भवन निर्माणका लागि ६० लाख, सडक, चक्रपथ तथा अन्य सडक पूर्वाधारमा ११ करोड १८ लाख ७२ हजार, वडा कार्यालय र स्वास्थ्य भवन निर्माणमा ७७ लाख, झोलुंगे पुलको दायित्व भुक्तानीमा ५० लाख विनियोजन गरिएको छ । आधारभूत अस्पतालमा विशेषज्ञ सेवा विस्तारका लागि १२ लाख, स्वास्थ्य बिमा प्रिमियम वृद्धिसहित ८७ लाख, धान्द्रुक स्वास्थ्य चौकीमा ल्याब स्थापना, आयुर्वेद सेवा र योग अभ्यासका लागि छुट्टै बजेट छ ।
महिला, बालबालिका, ज्येष्ठ नागरिक, दलित, अपांगता भएकाहरुका लागि ३७ लाख, ज्येष्ठ नागरिक तीर्थ भ्रमणका लागि ४ लाख, स्वच्छ खानेपानी कार्यक्रमका लागि ३० लाख र विपद् व्यवस्थापन कोषमा ४० लाख बजेट छुट्याइएको छ । फोहोरमैला प्रशोधन केन्द्र स्थापना, मेलमिलाप केन्द्र सञ्चालन, कानुनी सचेतना, सामाजिक विकृति उन्मूलन, युवा परिचालन, प्राविधिक शिक्षा छात्रवृत्ति लगायतका कार्यक्रमका लागि समेत बजेट छ । गाउँपालिका तथा वडाहरुको प्रशासनिक र चालु खर्चका लागि ९ करोड ३० लाख विनियोजन गरिएको छ ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया