विपद पूर्वतयारीमा रेडक्रसकर्मी

पोखरा ।
मनसुनजन्य विपद्लाई लक्षित गरेर नेपाल रेडक्रस सोसाइटी पोखरा १५ उपशाखाले विपद् व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिएको छ । नेपालमा मनसुन भित्रिएको अवस्थामा बाढी, पहिरोको जोखिमलाई मध्यनजर राख्दै सम्भावित दुर्घटनामा कसरी प्रतिकार्य गर्ने भन्ने विषयलाई प्राथमिकीकरण गरी प्रशिक्षण गरिएको हो ।
प्रशिक्षणमा टोल विकास संस्था, युवा क्लब, रेडक्रस उपशाखाका पदाधिकारी तथा सदस्य, प्राथमिक उपचार तालिम लिएको स्वयंसेवक गरी ४८ जनाको सहभागिता छ । कार्यक्रममा रेडक्रस कास्कीका कोषाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका कोषाध्यक्ष मोहनसिंह खड्का, प्रशिक्षक नवराज भण्डारीले विपदका प्रकार, शब्दावली, नेपाल भइरहने विपद, विपद चक्रका विषयमा सहजीकरण गरेका थिए ।
रेडक्रस कास्की कोषाध्यक्ष खड्काले पोखरा १५ भित्र सेती नदी, खहरे खोला, नालीको पानी अव्यवस्थित ढंगले बग्दा बाढीसँगै पहिरोको उच्च रहेको पाइएको जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका वडा नम्बर १५ का अध्यक्ष तोरण बानियाँले वडामा बाढी, पहिरो, सडक दुर्घटना, आगलागी जस्ता मुख्य प्रकोप रहेको बताए । उनले व्यक्तिगत, पारिवारिक र सामुदायिक रुपमा पूर्व तयारी अपनाउन सके विपद्का घटना कम गर्न सकिने जनाए ।
उनले विपद्का घटनामा राज्यका सयन्त्रसँगै समुदायका संघ संस्थासमेत क्रियाशील भएर सहयोग गर्न अनुरोध गरे । सिद्ध पब्लिक क्याम्पसको सभाहलमा भएको कार्यक्रममा रेडक्रस सोसाइटी पोखरा १५ का सभापति शिवबहादुर भण्डारी, रेडक्रस सोसाइटी कास्की शाखाका सदस्य एवं उपशाखा १५ सचिव पावर्ती कार्की, उपशाखा सदस्य सावित्री पौडेल लगायतले विपद् व्यवस्थापनमा रेडक्रसले खेलेको भूमिकाबारे बोलेका थिए ।
समारोहमा सहभागीहरु लीला भण्डारी, बेलबहादुर विक र सूर्य गुरुङले प्रशिक्षणबाट विपदमा प्रतिकार्य गर्न आत्मवल बढेको र प्रशिक्षणमा सिकेको ज्ञान समुदायमा परिचालन गरी परेको बखतमा सहयोग गर्ने प्रतिवद्वता व्यक्त गरे । कार्यक्रममा प्राथमिक उपचार तालिम प्राप्त २३ प्रशिक्षार्थीलाई प्राथमिक उपचार किट बक्ससमेत वितरण गरिएको थियो ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया