पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा १७ जनाको आवेदन

पोखरा ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति पदका लागि १७ जनाले आवेदन दिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको सिफारिस समितिले तोकेको समयसीमा मंगलबार साँझ ५ बजेसम्म उनीहरूको आवेदन परेको हो ।
तत्कालीन उपकुलपति प्राडा डुकबहादुर क्षेत्रीको ४ वर्षे कार्यकाल गत चैत २० गते सकिएपछि प्रतिष्ठान नेतृत्वविहीन बनेको थियो । नेतृत्व रिक्त भएको करिब ३ महिनापछि मन्त्रालयले गत बुधबार सार्वजनिक सूचना जारी गर्दै इच्छुक तथा योग्य उम्मेदवारहरूबाट आवेदन आह्वान गरेको थियो ।
प्रतिष्ठानको नेतृत्व लिनका लागि प्राध्यापक डाक्टरदेखि विशेषज्ञ चिकित्सकसम्मले आफ्नो दाबेदारी प्रस्तुत गरेका छन् । आवेदन दिनेहरूमा प्राडा अर्जुन आचार्य, डा. प्रदीप घिमिरे, प्राडा माया लामा, प्राडा चण्डिका पण्डित, प्राडा भरतबहादुर खत्री, प्राडा राकेशकुमार वर्मा, प्राडा राजेश अधिकारी र प्राडा नारायण सिंह गुरुङ रहेका छन् ।
त्यसैगरी, प्राडा प्रेमराज ज्ञवाली, प्राडा विधाननिधि पौडेल, प्राडा ईश्वर शर्मा कँडेल, प्राडा दिपकराज पौडेल, डा. श्रीकृष्ण श्रेष्ठ, डा. कालु शर्मा सुवेदी, प्राडा विष्णुप्रसाद शर्मा, डा. रामेशराज कोइराला र डा. लक्ष्मी नारायण सिंहले पनि उपकुलपतिका लागि आफ्नो कार्ययोजनासहित आवेदन दर्ता गराएका छन् ।
सरकारले पोखरासँगै कर्णाली, बिपी कोइराला र पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पनि उपकुलपति नियुक्तिको प्रक्रिया एकसाथ अघि बढाएको छ, जसले गर्दा स्वास्थ्य क्षेत्रमा नेतृत्व चयनको विषयले अहिले चर्चा पाएको छ ।
अब सिफारिस समितिले प्राप्त आवेदनहरूको मूल्यांकन प्रक्रिया अगाडि बढाउनेछ । समितिले आवेदकहरूको योग्यता, अनुभव र उनीहरूले पेस गरेको प्रतिष्ठान विकाससम्बन्धी रणनीतिक कार्ययोजनाको अध्ययन गरी उत्कृष्ट उम्मेदवारहरूको संक्षिप्त सूची (सर्टलिस्ट) तयार गर्नेछ । त्यसपछि उपकुलपतिका लागि ३ जनाको नाम कुलपतिसमक्ष सिफारिस गरिनेछ । सोही सिफारिसका आधारमा कुलपतिले एक जनालाई आगामी ४ वर्षे कार्यकालका लागि उपकुलपतिमा नियुक्त गर्ने कानुनी व्यवस्था छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया