‘पहुँचयुक्त पूर्वाधार आवश्यक’

पोखरा ।
अपांगता भएका व्यक्तिहरुको अर्थपूर्ण सहभागिता र स्वावलम्बन जीवन पद्वति सुनिश्चित गर्न स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराले पहुँचयुक्तता कार्यशाला गरेको छ ।
गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयको सहयोगमा कार्यशालामा नीति निर्माता, सरकारी कर्मचारी, निजी क्षेत्र, निर्माण व्यवसायी लगायतका सरोकारवालाको सहभागिता छ । कार्यक्रममा स्वावलम्बन जीवन पद्वति केन्द्र पोखराका कार्यक्रम व्यवस्थापन दिनेश अधिकारीले पहुँचयुक्त भौतिक संरचना, राष्ट्रिय अपांग महासंघ नेपाल गण्डकी प्रदेशका कार्यक्रम व्यवस्थापक अरुण श्रेष्ठले डिजिटल पहुँचको विषयमा सहजीकरण गरेका छन् ।
कार्यक्रममा पोखरा महानगरपालिकाका इन्जिनियर नेत्रप्रसाद तिमिल्सिनाले महानगरका भवन तथा पूर्वाधार मापदण्ड २०८० र सहरी विकास तथा भवन कार्यालय कास्कीका इन्जिनियर अच्यूत पौडेलले बस्ती विकास तथा भवन निर्माणसम्बन्धी मापदण्ड २०७८ को विषयमा सहजीकरण गरेको स्वावलम्बन जीवन पद्वति केन्द्रका अध्यक्ष हेमबहादुर गुरुङले जानकारी दिए ।
अध्यक्ष गुरुङले पहुँचयुक्तता अपांगता भएका व्यक्तिको आत्मसम्मान, समावेशी विकास र सेवा सुविधामा पहुँचका लागि आधारभूत आवश्यकता रहेको बताए । संस्थाका महासचिव अञ्जना केसीले पहुँचयुक्तता प्रवद्र्वनमार्फत अपांगता भएका व्यक्तिलाई विकासको मूलधारमा ल्याउन टेवा पुग्ने विश्वास व्यक्त गरिन् ।








पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया