रेडक्रस कास्कीमा १२ हजार स्वयंसेवक

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी कास्की अन्तर्गतका विषयगत समितिका सदस्यबीच शुक्रबार परिचयात्मक कार्यक्रम भएको छ । कार्यक्रममा रेडक्रस कास्कीको तर्फबाट १० वटा विषयगत समितिका सदस्यलाई खादा लगाएर स्वागतसमेत गरिएको छ ।
कार्यक्रममा रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले रेडक्रस कास्कीले पेशागत दक्षता र विज्ञता भएका व्यक्तिलाई विषयगत समितिमा राखेर कार्यक्षेत्रलाई व्यापक बनाएको जानकारी दिइन् । उनले १५ हजार आजीवन सदस्य र स्वयंसेवक रेडक्रस कास्कीमा कार्यरत रहेको बताइन् । उनले रेडक्रस कास्कीले आपत तथा विपद्को अवस्थामा १ सय र उपशाखाले १० परिवारलाई राहत दिन सक्ने उल्लेख गरिन् ।
रेडक्रस सोसाइटी कास्कीका निवर्तमान सभापति डण्डराज शर्मा पौडेलले २० जनाको कार्यसमितिले विधान अनुसारको सबै काम अगाडि बढाउन नसक्ने जानकारी दिए । विषयगत समिति बनाएर सबै कामलाई समुदाय स्तरमा पुर्याउने उल्लेख गर्दै उनले समितिले सबै मानवीय काम गतिविधिलाई सुदृढ र व्यवस्थित गर्ने चर्चा गरे ।
रेडक्रस कास्कीका उपसभापति रमा कोइराला न्यौपानेले दोस्रो पूर्ण बैठकले १० विषयगत समितिको सदस्यमा मनोनित गरेको जानकारी दिइन् । रेडक्रस कास्कीमा मन्त्री सन्तोष अधिकारीले विषयगत समिातिको काम कर्तव्य र अधिकार बारेमा जानकारी दिए ।
‘रेडक्रस कास्कीले विषयगत समिति अन्तर्गत पहिलो पटक जनशक्ति विकास तथा स्वयं सेवक परिचालन समिति बनाएको छ,’ उनले भने, ‘कास्कीमा १२ हजार स्वयं सेवक छन् । सबै स्वयंसेवकको अभिलेखलाई व्यवस्थित गरी परिचालन गर्ने योजना छ ।’
उनले सक्षमले साधन स्रोतको कमी भएको उपशाखालाई सहयोग गर्न उपशाखा हातेमालो कार्यक्रम सञ्चालन गर्ने बताए । उनले यो वर्ष तीन उपशाखालाई भवन निर्माणको लागि सहयोग गर्ने जनाए । रेडक्रस कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्काले रेडक्रस अभियानको बारेमा सहजीकरण गरे ।
कार्यक्रममा रेडक्रस कास्कीका कार्यसमितिका सदस्य सुवास अधिकारी, कार्यालय प्रमुख कृष्णप्रसाद कोइरालाले आर्थिक वर्ष २०८२/०८३मा विषयगत समितिले सम्पादन गर्ने कामका बारेमा प्रकाश पारेका थिए ।








‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया