फिस्टेल माविमा विविध कार्यक्रम

पोखरा । पोखरा १७ तल्लो बिरौटा स्थित फिस्टेल एकेडेमी आइबी वल्र्ड स्कुलले एसइई २०८१ मा सहभागी भएका विद्यार्थीबिच विभिन्न खेलकुद तथा सिर्जनात्मक प्रतियोगिता गरेको छ । असार १० गतेबाट सुरु भएको सेभेन ए साइड छात्र फुटबल प्रतियोगितामा वेलनन समूहले पोखरा टप्स समूहलाई ७–२ गोलले पराजित गर्दै च्याम्पियन बन्यो ।
विजेताले ट्रफी, मेडल र प्रमाणपत्रसहित २० हजार हात पार्दा उपविजेता पोखरा टप्सले ट्रफी, मेडल र प्रमाणपत्रसहित १० हजार हात पा¥यो । यस प्रतियोगितामा देशभरका विभिन्न जिल्लाबाट ३६ टिम सहभागी भएका थिए । ३३ छात्र बास्केटबलतर्फ फिस्टेल समूहले बेनपा समूहलाई १६–१० स्कोरमा पाखा लगाई विजेता बन्यो भने बेनपा समूह उपविजेता बन्यो ।
३३ छात्रा बास्केटबलमा फिस्टेल समूहले अमिची समूहलाई ६–४ स्कोरका साथ पराजित गरी विजेता भयो भने अमिची समूह उपविजेता बन्न पुग्यो । यी दुवै खेलका विजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ १० हजार नगद हात पारे भने उपविजेताले ट्रफी, मेडल र प्रमाणपत्रका साथ ५ हजार पाए ।
वेब डिजाइन प्रतियोगितामा रियोग पनेरु, सुदीप लामिछाने र सक्षम पहारीले क्रमशः प्रथम, द्वितीय र तृतीय बने । विज्ञान तथा गणित ओलम्पियाडतर्फ विष्णुप्रसाद पहारी र सम्राट पौडेलको समूह प्रथम बन्दा विराज सुवेदी, रिजन पोडेल र विकल न्यौपानेको समूह द्वितीय बन्यो । सफल शर्मा, रवि गौतम र अनुपम पराजुलीको समूह तृतीय बन्यो ।
डिजाइन थिङ्किङ च्यालेन्जमा सक्षम पहारी, संघर्ष कार्की, सुदीप लामिछाने, समीप थापा र सुमन ढुंगानाको समूह प्रथम बन्दा स्वरूप तिवारी, दर्शन तिवारी, आगमन बराल, दर्शन अधिकारी र आरभ बरालको समूह द्वितीय भन्यो भने एन्जिला थापा, सम्पदा कार्की, अदिती पौडेल, सुयाना गौतम र स्वीकृति श्रेष्ठको समूहले तृतीय स्थान प्राप्त ग¥यो । सिर्जनात्मक प्रतियोगिता अन्तर्गतका सबै विजेताले पुरस्कारका साथमा विभिन्न प्रकारका छात्रवृत्तिसमेत प्राप्त गरे ।
गण्डकी प्रदेशमै पहिलो वल्र्ड स्कुल फिस्टेल एकेडेमीले विद्यार्थीमा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउन तथा खेलप्रति विद्यार्थीको आकर्षण बढाउन यस प्रकारको कार्यक्रम आयोजना गरेको विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए । उनले अबका विद्यार्थीमा शैक्षिक विकासका साथसाथै सर्वाङ्गीण विकास हुनुपर्नेमा जोड दिए ।







औषधीको जेनेरिक नाम उल्लेख गर्न नागरिक अभियानको माग
स्याङ्जाको सिडिओ कार्यालयले जग्गा प्रयोग गरेबापत श्रेष्ठलाई १ करोड रुपैयाँ क्षतिपूर्ति
कालिका बहुमुखी क्याम्पसका गौतमलाई उत्कृष्ट क्याम्पस प्रमुखको सम्मान
लेखा दिवस मनाइयो
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
मन लोभ्याउने पुनहिल
पोखरामा रातिसँगै बसेर रक्सी खाए, तेस्रो भेटमै हत्या गरे
तपाईको प्रतिक्रिया