एसइईमा कास्कीका ६४ विद्यार्थीले ल्याए ४ जिपिए, मदरल्याण्डबाट सर्वाधिक

समाधान संवाददाता २०८२ असार १४ गते १६:४९

पोखरा ।

राष्ट्रिय परीक्षा बोर्डले सार्वजनिक गरेको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजामा कास्की जिल्लाबाट ६४ जना विद्यार्थीले ४ जिपिए ल्याएर उत्कृष्ट नतिजा हासिल गरेका छन् । उपलब्ध तथ्यांक अनुसार, जिल्लाका विभिन्न ३० वटा सामुदायिक तथा संस्थागत विद्यालयका विद्यार्थीहरूले यो सफलता पाएका हुन् ।

सबैभन्दा बढी विद्यार्थीले ४ जिपिए ल्याउने विद्यालयमा पोखराको मदरल्याण्ड सेकेण्डरी स्कुल रहेको छ। मदरल्याण्डबाट मात्रै ११ जना विद्यार्थीले यो उपलब्धि हासिल गरेका छन् ।

Advertisement

त्यसैगरी, अमरसिंह माविका ५, जनप्रिय मावि, शिशु निकेतन सेकेण्डरी स्कुल, भद्रकाली मावि र फिस्टेल एकेडेमीबाट समान ४–४ जना विद्यार्थीले ४ जिपिए प्राप्त गरेका छन् । अन्य ६ वटा विद्यालयबाट २–२ जना विद्यार्थीले यो सफलता हात पारेका छन् । बाँकी १९ वटा विद्यालयबाट १–१ जना विद्यार्थीले ४ जिपिए ल्याएका छन् ।
यो नतिजाले कास्की जिल्लाको शैक्षिक गुणस्तर र विद्यार्थीहरूको मेहनतलाई उजागर गरेको छ ।


Advertisement

तपाईको प्रतिक्रिया