पाल्पाली सहकारीको कार्यक्रममा ७१ युनिट रगत संकलन

पोखरा ।
पाल्पाली बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड पोखरा ९ ले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । सातौं स्थापना दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा ७१ युनिट रगत संकलन भएको सहकारी अध्यक्ष चिरञ्जीवी श्रेष्ठले जानकारी दिए ।
नेपाल रेडक्रस सोसाइटी कास्कीका सभापति उर्मिला खड्का भण्डारीले स्वस्थ मानिसले रगत दान गर्दा केही नहुने बताइन् । उनले रगतको आवश्यकता भएका बिरामी रगतको अभावमा मृत्यु हुने उल्लेख गारिन् । नियमित रक्तदान गर्ने व्यक्ति स्वस्थ र तन्दुरुस्त व्यक्तिको सूचकमा पर्ने उल्लेख गर्दै उनले हरेक व्यक्तिले हरेक तीन महिनामा रक्तदान गर्न सक्ने जानकारी दिइन् ।
प्रादेशिक रक्त सञ्चार सेवाले प्रत्येक वर्ष ३५ हजार युनिट रगत संकलन, भण्डारण र वितरण गर्ने जानकारी दिदै उनले ६सय संस्थाले रक्तदान कार्यक्रमको आयोजना गर्ने बताइन् । सहकारीका सल्लाहकार डा यज्ञमान शाक्यले मानव शरिीरमा ५ प्रतिशत रगत हुने जानकारी दिए । उनले रगतको रातो कोषिका (आरबिसी) ३ महिनामा नष्ट हुने बताए ।
सहकारीका अध्यक्ष श्रेष्ठले २०७६ सालको असार १३ गते स्थापना भएको सहकारीले नियमित रुपमा रक्तदान गर्ने जनाए । स्थापना दिवसको सन्दर्भमा पोखरा १२ मा रहेको सरस्वती आधारभूत विद्यालयलाई खेलकुद सामाग्री, ड्रमसेट र क्यारमबोर्ड प्रदान गरेको बताए ।
कार्यक्रममा सहकारीका उपाध्यक्ष बाबुराम खनाल, सचिव रेशमराज थापा, सहसचिव युमाया पचभैया, सल्लाहकारहरु जगदीश गौतम र नारायणप्रसाद पौडेल, शिक्षा समितिका संयोजक पदमप्रसाद पोखरेल, समाजसेवी लोकनाथ काफ्ले, सामाजिक अभियन्ता बलराम बराल लगायतले रक्तदानको महत्वबारे बोलेका थिए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया