मितेरी क्लबको संयुक्त भोजनदान

पोखरा ।
मितेरी सम्बन्ध स्थापित लायन्स क्लब अफ पोखरा ग्यालेक्सी र हेटौँडा बजार लायन्स क्लबको संयुक्त आयोजनामा पोखराको छोरेपाटनस्थित मानव सेवा आश्रममा सामूहिक भोजन गराइएको छ ।
३९ जना आश्रितलाई लक्ष्य गरी आयोजना गरिएको भोजन वितरण कार्यक्रममा मल्टिपल डिस्ट्रिक्ट कोअर्डिनेटर एवम् पिएमसिसी दीपक श्रेष्ठ, डिस्ट्रिक्ट ३२५ के नेपालका निर्वाचित गभर्नर दुर्गाप्रसाद हुमागाईं, डिस्ट्रिक्ट कोषाध्यक्ष रामकुमार लामिछाने, डिस्ट्रिक्ट इमर्जेन्सी फण्ड म्यानेजमेन्ट चिफ होमविलास सापकोटा, मानव सेवा आश्रमका संरक्षक एवं पोखरा उद्योग वाणिज्य संघका महासचिव शोभा गौतम, हेटौँडा बजार लायन्स क्लबका पूर्वअध्यक्ष होमनाथ खनाल (रोशन) एवम् दुवै क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति थियो ।
ग्यालेक्सीका अध्यक्ष राजेन्द्र आचार्य र हेटौँडा बजार लायन्स क्लबका अध्यक्ष खड्क चौलागाईं (विष्णु) को संयुक्त अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । भोजन वितरणसँगै आश्रममा रहेका आश्रितहरूसँग समय बिताउने, उनीहरूका कुरा सुन्ने र मनोबल बढाउने प्रयास गरिएको आयोजकले जानकारी दिए ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया