मैदीतालमा रोपाइँ महोत्सव

पोखरा ।
राष्ट्रिय धान दिवसको अवसर पारेर कृषि सञ्जाल पोखरा ३० को आयोजना वडा नं ३० को सहकार्यमा आइतबार मैदीतालको किनारामा दोस्रो लेखनाथ रोपाई महोत्सव हुँदै छ । पोखरा महानगरपालिका वडा नं २८, ३० र ३१ को सीमाना मैदीताल किनारामा छवि ढकालको १२ रोपनी खेतमा रोपाई महोत्सव गर्न लागिएको हो ।
नेपालको प्रमुख खाद्यान्न बाली धान खेतीका बारेमा भावी पुस्तालाई जानकारी दिने उद्देस्यले रोपाई महोत्सव गर्न लागिएको पोखरा ३० का वडाध्यक्ष दुर्गाप्रसाद सुवेदीले जानकारी दिए । कृषिलाई व्यावसायिक बनाउन र राष्ट्रिय उत्पादनमा बढवा दिने उद्देश्यले गत वर्षबाट यहाँ महोत्सव गर्न थालिएको हो ।
महोत्सवलाई सफल बनाउन सामाजिक संघ, संस्थासँग सहकार्य गर्दै विभिन्न उपसमिति मार्फत् तयारीलाई अगाडि बढाइएको कृषि संञ्जाल पोखरा ३० का अध्यक्ष बाबुराम ढकालको भनाइ छ । उनले यो महोत्सवलाई सफल बनाउन सबैको साथ रहने अपेक्षासमेत गरे ।
हल गोरुका साथमा पञ्चेबाजाको संगीतमा हुने महोत्सवमा माछा समात्ने प्रतियोगिता, हिले दौड प्रतियोगिता, हिलोमा डोरी तान्ने प्रतियोगिता, खेत रोप्ने प्रतियोगिता, पुरानो गीतका भाका प्रस्तुति गर्ने र गीत, संगीतका लगायतका कार्यक्रम रहेको कृषि सञ्जाल पोखरा ३० का सचिव अनन्त कँडेलले जानकारी दिए ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया