काठमाडौं विश्वविद्यालयमा आदिवासी शिक्षाको पढाइ

पोखरा । काठमाडौं विश्वविद्यालय (केयु) को स्कुल अफ एजुकेसनले ‘आदिवासी शिक्षा तथा विकास’ सम्बन्धी विषयमा एक वर्षे स्नातकोत्तर तहको नयाँ भर्ना सुरु गरेको छ । विश्वविद्यालयले नेपालको विविध जातीय, भाषिक र सांस्कृतिक संरचना अनुसार समावेशी र प्रभावकारी शिक्षा प्रणाली विकास गर्न यो कार्यक्रम ल्याएको जनाएको छ ।
पहिलो समूह उत्तीर्ण भइसकेको र दोस्रो समूह परीक्षाको तयारीमा रहेकाले तेस्रो समूहका लागि फर्म खुला गरिएको उक्त कार्यक्रमकी संयोजक उपप्राध्यापक डा लिना गुरुङले जानकारी दिइन् । पहिलो समूहबाट १८ जना दीक्षित भइसकेका छन् ।
सन् २०२४ बाट लागू हुने यो शैक्षिक कार्यक्रमले आदिवासी तथा अल्पसंख्यक समुदायको जीवनशैली, ज्ञान, भाषा, परम्परा, संस्कृति, कला, जलवायु परिवर्तनसँगको सम्बन्ध, वातावरणीय न्याय लगायतका विषयमा अध्ययन, अनुसन्धान र विश्लेषण गर्ने अवसर प्रदान गर्ने उनले बताइन् ।
विश्वविद्यालयका अनुसार, स्नातक तहमा अध्ययनरत वा स्नातक तह पूरा गरिसकेका विद्यार्थी यस कार्यक्रममा सहभागी हुन सक्नेछन् । शिक्षण, नीति निर्माण, अनुसन्धान तथा नेतृत्व क्षमतामा योगदान गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको विश्वविद्यालयका सहप्राध्यापक डा. ईन्द्रमणि राईले बताए ।
कार्यक्रमले नेपाली शिक्षा प्रणालीलाई अझ समावेशी बनाउने, आदिवासी जनसमुदायको ज्ञान र संस्कृतिको संरक्षण गर्न सहयोग पु¥याउने विश्वास लिइएको छ । नेपालको सामाजिक, सांस्कृतिक र वातावरणीय विविधतासँग जोडिएका विषयहरूमा शैक्षिक बहसको विकास पनि कार्यक्रममार्फत अघि बढाइने उनले बताए ।
सेमेष्टर प्रणालीमा अनलाइन माध्यमद्वारा अध्यापन गराइने कार्यक्रममा सहभागी हुन इच्छुक विद्यार्थीले काठमाडौं विश्वविद्यालयको स्कुल अफ एजुकेसनको वेबसाइटमार्फत पनि फर्म भर्न सकिने डा राईले जानकारी दिए ।









कांग्रेसको आन्तरिक किचलो उत्कर्षमा : महामन्त्रीद्वयले बोलाए पुस २७ मा विशेष महाधिवेशन
जलाउने र ठग्नेको मिलाई
१ करोड ६८ लाखमा भवन निर्माण
धवलागिरी अस्पताल : तीन पटक म्याद थप्दा आधा काम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया