पद्मश्री साहित्य पुरस्कारको विस्तृत सूची सार्वजनिक, १५ पुस्तक छानिए (सूचीसहित)

पोखरा – नेपाली साहित्य क्षेत्रको प्रतिष्ठित ‘पद्मश्री साहित्य पुरस्कार–२०८१’ का लागि १५ पुस्तकको विस्तृत सूची (लङलिस्ट) सार्वजनिक गरिएको छ । खेमलाल हरिकला लामिछाने समाज कल्याण प्रतिष्ठानले शनिबार एक विज्ञप्ति जारी गर्दै २०८१ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट उत्कृष्ट १५ को सूची सार्वजनिक गरेको हो ।
प्रतिष्ठानका अनुसार, पुरस्कारका लागि कुल २०३ वटा साहित्यिक पुस्तक प्राप्त भएका थिए । पुरस्कार चयन समितिले ती कृतिहरूमध्येबाट पहिलो चरणमा १५ पुस्तक छानेको हो । प्रतिष्ठानका अध्यक्ष जीवा लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख भएअनुसार, अब यही विस्तृत सूचीबाट आगामी महिना ५ पुस्तकको संक्षिप्त सूची (सर्टलिस्ट) तयार पारिनेछ र अन्त्यमा एक कृतिलाई वर्षको उत्कृष्ट घोषणा गरिनेछ ।
यस वर्षको सूचीमा उपन्यास विधाको बाहुल्यता देखिए पनि कथासंग्रह, कविता, आख्यान, गैर-आख्यान, नियात्रा र संस्मरणजस्ता विविध विधाका पुस्तकहरू पनि समेटिएका छन् ।
पद्मश्री साहित्य पुरस्कार नेपाली साहित्य क्षेत्रमा महत्वपूर्ण पुरस्कारका रूपमा स्थापित छ, जसले हरेक वर्ष नेपाली भाषामा प्रकाशित उत्कृष्ट कृतिलाई सम्मान गर्दै आएको छ ।
विस्तृत सूचीमा परेका कृति र लेखकहरू:
१. अर्हत – उपन्यास (लेखक: शैलेन्द्र अधिकारी)
२. उरमाल – आख्यान (लेखक: छुदेन काविमो)
३. एउटा मायी नगरमा – कथा संग्रह (लेखक: रमेश क्षितिज)
४. छालबाटो – गैह्र आख्यान (लेखक: रमेश भुसाल)
५. प्रणाम सगरमाथा – नियात्रा (लेखक: भवानी खतिवडा)
६. प्रवासीको देश हुन्न – आख्यान (लेखक: पंचम अधिकारी)
७. पानीको परेड – कविता (लेखक: दिनेश अधिकारी)
८. बहुरूपी – कथासंग्रह (लेखक: श्रेयज सुवेदी)
९. रुदाने – उपन्यास (लेखक: टंक चौलागाईं)
१०. स्व – उपन्यास (लेखक: सरस्वती प्रतीक्षा)
११. साँझमा सेल्फी – कविता (लेखक: हेम प्रभास)
१२. सार्वणि – उपन्यास (लेखक: डा. श्रीधर खनाल)
१३. सिमसारा – आख्यान (लेखक: वसन्त बस्नेत)
१४. श्री ५ को सेवामा – संस्मरण (लेखक: हेमन्त मिश्र)
१५. हिउँको गीत – उपन्यास (लेखक: तीर्थ गुरुङ)









साढे ८ अर्बको मुद्दा चल्दा ३ गम्भीर विषयमा छुट्टै अनुसन्धान
बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
सरकारी कार्यालयको खर्च ९२ करोड
गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया