सिलिंगे सहकारीले बाँड्यो फलफूलका बिरुवा

लेखनाथ ।
आफ्ना सेयर सदस्यलाई उत्पादनमा जोड्ने उद्देश्यले पोखरा महानगरपालिका वडा नम्बर २६ मा रहेको सिलिंगे कृषि उत्पादक सहकारी संस्थाले फलफूलका बिरुवा तथा कृषि सामग्री वितरण गरेको छ ।
सहकारीले हरेक वर्षजस्तै यस वर्ष पनि कृषि ज्ञान केन्द्र कास्कीको प्राविधिक सहयोगमा शुक्रबार एक कार्यक्रमका बीच सेयर सदस्यको माग र आवश्यकतालाई हेरी अनुदानमा उन्नत जातका फलफूलका विरुवा र कृषि सामग्री वितरण गरेको हो ।
कृषि सामग्री वितरण गर्दै पोखरा महानगरपालिका वडा नं २६ का वडाध्यक्ष नरेन्द्र थापाले राज्यको लगानीमा प्रदान गरिएका कृषि सामग्रीको सही तरिकाले उपयोग गर्ने र प्राप्त विरुवाको उचित रूपमा रेखदेख तथा संरक्षण गरेर आयआर्जनमा जोडिन आग्रह गरेका थिए । साथै उनले आफ्नो वडालाई कृषि उत्पादनबाट आत्मनिर्भर बनाउनका लागि कृषिका विभिन्न खालका कार्यक्रम ल्याएर आफूलाई आवश्यक पर्ने खाद्य सामग्रीदेखि तरकारीजन्य वस्तु उत्पादनमा लाग्न सबैलाई अनुरोध समेत गरेका थिए ।
सोही अवसरमा कृषि ज्ञान केन्द्र कास्कीका प्रमुख किरण सिग्देलले समयको माग, वातावरणीय मूल्याङ्कन एवं भूगोलका आधारमा तीनै तहका सरकारले किसान केन्द्रित कार्यक्रम ल्याएको जानकारी गराएका थिए ।
कार्यक्रममा सिलिंगे कृषि उत्पादक सहकारी संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटले सहकारीले चालु आर्थिक वर्षमा सेयर सदस्यहरूलाई केन्द्रविन्दुमा राखेर उन्नत जातका मकै बीउ, अदुवा, आलु, फलफूलका बिरुवा तथा कृषि औजार वितरण गरेको जानकारी गराएका थिए ।
कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष शैलेन्द्रमोहन भट्टराई र लेखनाथ खानेपानी उपभोक्ता संस्थाका अध्यक्ष मुरारी शर्माले सहकारीले सेयर सदस्यलाई आयआर्जनमा जोडिने गरी सरकारी निकायसँग सहकार्य गर्दै अघि बढेको बताए ।
संस्थाका अध्यक्ष ठाकुरप्रसाद रानाभाटको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव ईश्वरीप्रसाद अधिकारीले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रम संयोजक कृष्णहरि ढुंगाना र सहकारीकी सात सिद्धान्त सदस्य सीता ढुंगानाले गरेकी थिइन् ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया