पोखरामा झोलमल बनाउने तालिम

पोखरा ।
पाेखरामा शनिबार प्राङ्गारिक कृषिका लागि झोल मल बनाउने” तालिम शनिबार भएको छ । पोखरा महानगर पालिका वडा नं– ६ वडा स्तरीय कृर्षि सञ्जाल बैदामको आयोजना र वडा कार्यालय ६ को आर्थिक र प्राविधिक सहयोगमा तालिम भएकाे हाे ।
तालिममा कौशि खेति क्वीनका उपविजेता तथा प्रशिक्षक कान्ति पौडेल अधिकारीले झोलमल बनाउने तरिका सिकाएकी थिइन् । तालिममा ३० जना सहभागि थिए । कार्यक्रममा धृपि, कफि र कुरिलो गरि विभिन्न प्रजातिका ३ सय बिरुवा वितरण गरिएको सञ्जालकी अध्यक्ष विन्द्रा धरेल जानकारी दिइन् ।
पोखरा महानगरपालिका वडा नं ६ की वडा सदस्य पवित्रा थापाले कौसि खेति सहित करेसा बारीमा प्रयोग हुने मलहरु आफैंले उत्पादन गर्ने सके स्वस्थ र अर्गानिक तरकारी र फलफुल खान पाइने बताइन् । उनले भनिन्, “रासायनिक मलको अत्यधिक प्रयोगले माटो बिग्रने भएकाले किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा प्रोत्साहन गर्नका लागि पनि तालिम प्रभावकारी भएको छ ।”
प्रशिक्षक अधिकारीले झोल मललाई जैविक मलका रुपमा प्रयोग गर्ने सकिने, मल गाईवस्तुको गोबर , पिसाब ईएम वा जिवातु र पानिको मिश्रण बाट तयार गरिने जानकारी दिइन् । उनले प्राङ्गारिक तथा जैविक मलको प्रयोगबाट उत्पादन हुने खाद्य वस्तुले मानिसको स्वास्थ्यमा हानी नपुग्ने भएकाले वडा भित्रका किसानलाई प्राङ्गारिक तथा जैविक मलको प्रयोगमा जोड दिन आग्रह गरिन् ।
वडा सदस्य बासु बरालले रासायनिक मलले पुराएको असर बताउँदै तालिम दिएकोमा खुशि व्यक्त गरे । वडा सदस्य शोभा जलारीले बेरोजगारीलाई अन्त्य गर्ने उद्देश्यका साथ हातमा सिप प्रदान गरेर स्वरोजगारमार्फत महिला तथा स्थानीयहरुलाई आय आर्जनमा आत्मनिर्भर बनाउनका लागि तालिम प्रभावकारी हुने विश्वास ब्यक्त गरिन् ।
सञ्जालका उपाध्यक्ष रामेश्वर न्यौपने र सचिव चन्द्रकला घिमिरे पहारीले लगायतले तालिममा सिकेको ज्ञानलाई व्यवहारमा उतार्न सकेमा मात्र तालिम प्रभावकारी हुने बताए ।








एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया