योग प्रशिक्षक विनाको निधन
समाधान संवाददाता
२०८२ असार १५ गते १६:४६

पोखरा ।
योग विज्ञानकी प्रशिक्षक विना केसी खवासको निधन भएको छ । पोखरा १६ बाटुलेचौर निवासी विनाको ५९ वर्षको उमेरमा शनिबार बेलुका आफ्नै निवासमा निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
लामो समयदेखि अस्वस्थ रहेकी उनको आइतबार धार्मिक परम्परा अनुसार लामाचौरस्थित सती नर्वदा घाटमा अन्त्येष्टि गरिएको हो । यसअघि उनको निवासबाट सुरु भएको शवयात्रा नर्वदा घाटमा पुगेर शोक सभामा परिणत भएको थियो । विनाप्रति स्थानीयले अन्तिम श्रद्धाञ्जली दिएका थिए ।
हिमालय योग साधना केन्द्रकी योग प्रशिक्षक रहेकी उनको निधनले त्यस क्षेत्रको सामाजिक तथा योग साधनाको क्षेत्रमा अपुरणीय क्षति पुगेको स्थानीयले बताएका छन् । विनाका श्रीमान र २ छोरी छन् ।
सम्बन्धित







एमालेको काँधमा देशको जिम्मेवारी छ : अध्यक्ष ओली
पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै चांगा
कटुवा पेस्तोलसहित एक जना पक्राउ
दोभान कपमा पहिलो चरणका खेल
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया