पोखरामा असार १५ मनाइयो

पोखरा ।
पोखरामा आइतबार असार १५ को अवसरमा २० औं संस्करणको रोपाईँ महोत्सव मनाइएको छ । पोखरा २६ गुँदे ताल क्षेत्रमा पोखरा पर्यटन परिषद्को आयोजनामा महोत्सव भएको हो ।
महोत्सवमा पर्यटकले हिलोमा रमाइलो गरी हिलो छ्यापाछ्याप गरेर रोपाईँ महोत्सव मनाएका छन् । ‘पर्यटन सबै मौसमका लागि’ भन्ने मूल नाराका साथ पोखरामा भएको यो रोपाई महोत्सवले अफ सिजनमा पनि पर्यटकको आकर्षण बढाउन सकिन्छ भन्ने सन्देश दिएको छ ।
असारमा मानो रोपेर मुरी फलाउने समय भएकाले यसलाई विशेष दिनका रुपमा मनाउनुपर्ने गण्डकीका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बताए । महोत्सवले विदेशी पर्यटकलाई कृषिका बारेमा बुझाउन र अफ सिजनमा पनि पर्यटक आकर्षित गर्न सहयोग उनको छ ।

महोत्सवले किसानलाई मात्र नभई कृषि पर्यटनमार्फत विदेशीहरु भित्र्याउन सकिने आयोजकको विश्वास छ । प्लटिङ गरेर घरघडेरीमा जग्गाको कारोबार न्यून गर्दै खेतीयोग्य जमिनलाई खेतीमा आकर्षण गराउन पनि यसले मद्दत पुग्ने समेत विश्वास लिइएको छ । हराउँदै गएको कृषि प्रणालीलाई जगेर्ना गर्न र पोखराको पर्यटन चलायमान गर्न महोत्सवको मुख्य उद्देश्य रहेको पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताए ।
२०६१ सालदेखि हरेक वर्ष हुने रोपाईँ महोत्सवमा हिले दौड, रोपाई प्रतियोगिता, रस्साकस्सी, हिलोमा माछा समाउने जस्ता प्रतियोगिता गरिँदै आएको छ । जसमा विदेशी पर्यटकहरुको समेत उत्साहपूर्ण सहभागिता हुन्छ ।









साढे ८ अर्बको मुद्दा चल्दा ३ गम्भीर विषयमा छुट्टै अनुसन्धान
बिरुवामा १० शय्याको आधारभूत अस्पताल सञ्चालन
सरकारी कार्यालयको खर्च ९२ करोड
गौरीशंकर सहकारीको अध्यक्षमा केशवशरण
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया