बिरौटामा रोपाई महोत्सव

पोखरा ।
२२ औं राष्ट्रिय धान दिवसको सन्दर्भमा अखिल नेपाल किसान महासंघ कास्की जिल्ला कमिटीले पोखरा १७ तल्लो बिरौटामा धान रोपाईं महोत्सव गरेको छ । महोत्सवमा महिला पुरुष हिले दौड, रस्सा कस्सी र हिलोमा माछा समाउने प्रतियोगिता गरिएको किसान महासंघ कास्की अध्यक्ष खेमराज बरालले जानकारी दिए ।
महोत्सवमा नौमती बाजासहित किसानहरु रोपाईमा सहभागी हुनुका साथै असारे गीतमा रमाएका थिए । नेकपा (एमाले)का स्थायी कमिटीका सदस्य तथा गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री खगराज अधिकारीले कृषि उत्पादनका लागि मल बिऊको व्यवस्थापन र किसानका उत्पादनलाई बजारीकरणका लागि ध्यान दिने बताए । उनले धानको समर्थन मूल्य निर्धारण र सोही मूल्यमा खरिदको ग्यारेन्टी गर्नुपर्ने चर्चा गरे ।
अखिल नेपाल किसान महासंघका स्थायी कमिटी सदस्य रघुनाथ भण्डारीले असारमा किसान महासंघ खेतमा हुने जानकारी दिए । उनले मलको चरम अभावको दीगो समाधानको मागसहित देशव्यापी धान रोपाईं महोत्सव गरेको बताए ।
कार्यक्रममा एमालेका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश सभाका सदस्य भीम कार्की, प्रतिनिधि सभाका सदस्य दामोदर पौडेल बैरागी, एमाले कास्की अध्यक्ष बैनबहादुर अधिकारी क्षत्री, उपाध्यक्ष भेषराज बराल, पोखरा १७ अध्यक्ष राधिका शाही योगी, प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाका प्रमुख माधव लम्साल, पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनोहर कडरिया, किसान महासंघका केन्द्रीय सचिवालय सदस्य चूडामणि बराल, कास्की उपाध्यक्षमा सन्तोष भण्डारी, सचिव झलकप्रसाद बराल लगायतले किसानका समस्याबारे बोलेका थिए ।
‘समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण, कृषि क्षेत्रमा आमुल परिवर्तन सहितको रुपान्तरण’ भन्ने नाराका साथ किसान महासंघले अभियान चलाएको छ । ‘धान बालीमा सघनता, खाद्य सुरक्षा र आत्मनिर्भता’ भन्ने नाराका साथ किसान महासंघले देशव्यापी रुपमा धान दिवस मनाएको छ ।









पोखराबाट भारतीय सहरमा सिधा उडान भर्न मुख्यमन्त्रीको आग्रह
जलविद्युत् आयोजनाले गाउँ धुलाम्मे : हरियाली वनपाखा र बगैंचाभरि धुलो, स्थानीयलाई सास्ती
राजनीतिक स्थिरता नभए मुलुकमा संकट निम्तने मुख्यमन्त्री पाण्डेको चेतावनी
चुनाव आउन ७६ दिन बाँकी : समानुपातिक सिटको प्रतिशत हेरफेर गर्न अध्यादेश सिफारिस
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया