कृषि विज्ञ कृष्णप्रसाद बरालको निधन

समाधान संवाददाता २०८२ असार १६ गते १२:२५

पोखरा ।
नेपाल सरकारका पूर्व उपसचिव, कृषि विज्ञ तथा समाजसेवी कृष्णप्रसाद बरालको ७६ वर्षको उमेरमा निधन भएको छ । शनिबार राति बरालको पोखरा ५, मालेपाटनस्थित आफ्नै निवासमा निधन भएको हो । उनी केही वर्षअघि देखि मुटुको व्यथाबाट पीडित थिए ।

लामो समय सरकारी सेवामा कृषि क्षेत्रको अध्ययन–अनुसन्धानमा संलग्न बराल सेवा निवृत्तपछि पनि कृषि तथा पर्यावरणसम्बन्धी संघसंस्थाहरुमा क्रियाशील रहेका थिए ।

उनी जनसहयोग सामुदायिक विद्यालय आरुखर्कका पूर्व अध्यक्ष, सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसका संस्थापक र गैसस महासंघ कास्कीका पूर्व अध्यक्ष हुन् । यसैगरी, लि–वर्डको पूर्व अध्यक्ष, पूर्व कर्मचारी सेवा परिषद् कास्कीका संस्थापक उपाध्यक्ष र सञ्चय सहकारीको प्रमुख सल्लाहकार रहेका थिए । साथै विभिन्न सामाजिक संस्थाहरुमा संस्थापक तथा सल्लाहकार रहेका थिए ।

Advertisement

वातावरण र प्रकृति संरक्षणमा विशेष रुचि राख्ने बराल मिलनसार र लगनशील व्यक्तित्वका रुपमा परिचित थिए । स्व. बरालको आइतबार पोखरा–९, शान्तिघाटमा दाहसंस्कार गरिएको छ ।

उनका २ छोराहरु सुजन र डा. सुरज, ३ छोरीहरु नीलम, प्रभा र सिर्जना तथा नातिनातिनाहरु छन् । धर्मपत्नी चन्द्रलक्ष्मीको २०७४ सालमा निधन भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया