पोखरामा बोलबमको तयारी सुरु
पोखरा ।
पोखरामा २४ वर्षदेखि हुदै आएको बोलबम पदयात्रा यस वर्ष पनि हुने भएको छ । केदारेश्वर महादेवमणि सेवाश्रम समितिले यस वर्षको साउनमा बोलबम पदयात्रालाई थप व्यवस्थित बनाउने तयारी स्वरुप मन्दिर व्यवस्थापन समिति, आजीवन सदस्य, सल्लाहकार एवम विभिन्न संघ, संस्थाको भेला आयोजना गरेको हो ।
केदारेश्वर महादेवमणि बोलबम कार्यक्रमका संयोजक शंकर खरालले साउन महिनाको प्रत्येक सोमबार बगरको गाईघाटस्थित १०८ धारामा स्नान गरी आठ किलोमिटर पैदलयात्रा सहित केदारेश्वर महादेवमणि बोलबम धाममा जलार्पण गरिने बताए । केदारेश्वर महादेवमणि सेवाश्रमका पिठाधीश चिद्घन चैतन्यले हरेक सोमबार केदारेश्वर मन्दिरमा भक्तजनको भिड लागे पनि बोलबम पैदल जलयात्रामा कम भक्तजन सहभागी हुने गरेको जनाए ।
यो वर्ष बोलबमलाई सफल बनाउन बिभिन्न संघ, संस्थाले साथ दिने भएका छन् । मितेरी नारी समूह बैदाम, मारवाडी समूह कास्की, नेपाल भारत व्यवसायी (एनबी) समिति, अर्गानिक जुम्बासहितले सहयोग गर्ने भएका हुन् ।
भेलामा समाजसेवी वुद्धिनाथ अधिकारी, समितिका मिडिया सल्लाहकार दुर्गा अधिकारी, महिला सञ्जाल पोखरा ६ का अध्यक्ष बबिता मल्ल, अन्नपूर्ण केवलकारका कार्यकारी निर्देशक दिनेश पौडेल, नेपाल रेडक्रस सोसाइटी उपशाखा पोखरा ६ का सभापति तुलसी दाहाल, समाजसेवी गिरधारी अधिकारी, समितिका वरिष्ठ उपाध्यक्ष मीना भट्टराइ र सचिव ओमनाथ अधिकारीले बोलेका थिए ।








फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
हिसान स्पोट्र्स मिट : भलिबल र बास्केटबलका खेल सुरु
ओलीको टोलीमा गण्डकीका ४ दर्जन
हाटबजार र कृषि प्रणाली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया