लक्ष्मीआर्दश माविमा खानेपानी ट्यांकी निर्माण

पाेखरा ।
पोखरा महानगरपालिका वडा नं २७ शिशुवा स्थित लक्ष्मी आर्दश माविमा खानेपानी ट्यांकी उद्घाटन गरिएकाे छ ।
लायन्स क्लब पोखरा अन्नपूर्णको आयोजना इन्टरनेशनल विद्यालय लाउसाने स्विजरल्याण्डको २ लाख आर्थिक सहयोगमा ट्यांकी निर्माण गरिएकाे हाे ।
क्लबका इन्टरनेशनल डिष्ट्रिक ३२५ नेपालका मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापाले उद्घाटन गरी मंगलबार विद्यालयलाई हस्तातरण गरे ।
खानेपानी परियोजनाका निर्देशक सोनाम साङपोले ४९ वटा विद्यालयमा खानेपानी ट्यांकी निर्माण भइसकेको र जुलाई र अगष्ट महिनामा ८ वटा विद्यालयमा खानेपानी ट्यांकी निर्माणको लागि स्विकृति प्राप्त भई सकेको जानाकारी दिए ।
पोखरा महानगरपालिका वडा नं. २७ का वडा अध्यक्ष पूर्णकुमार, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चतुरखर अधिकारीले विदेशी विद्यार्थीले खाजाको रकम कटाएर सहयोग जुटाएर क्लबले ट्यांकी निर्माण गरिदिएकाेमा धन्यबाद दिए ।
विद्यालयका प्रधानाध्यापक शिवमणि भण्डारीले विद्यार्थी खानेपानी समस्या बाट मुक्त भएको बताए । कार्यक्रममा रिजन चियरपर्सन दिनेश तुलाचन जोन चियर पर्सन तिर्थ श्रेष्ठ, प्रथम उपाध्यक्ष दुर्गा जोजिजु, पूर्व अध्यक्ष सुरेश बहादुर, अध्यक्ष सुकल्याण पराजुली लगायतले बाेलेका थिए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया