लेकसाइडका ३ स्पा सेन्टरबाट ८ जना बालिकाको उद्धार

पोखरा ।
जिल्ला प्रहरी कार्यालय, कास्कीले पोखराको लेकसाइडस्थित विभिन्न स्पा सेन्टरबाट बालश्रममा रहेका ८ जना नाबालिकाको उद्धार गरेको छ । बालश्रम प्रयोग गरेको आरोपमा प्रहरीले तीनवटा स्पा सेन्टरलाई कारबाहीको दायरामा ल्याएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्की र पोखरा महानगरपालिकाको सामाजिक विकास महाशाखाको संयुक्त टोलीले असार १६ गते लेकसाइड क्षेत्रका स्पा सेन्टरहरूमा अनुगमन गरेको थियो । सोही क्रममा प्रहरीले पर्सल्यान स्पाबाट २ जना, ताराहिल लज स्पा एण्ड ब्यूटी केयरबाट २ जना तथा ईभेन्डर ब्यूटी एण्ड स्पाबाट ४ जना गरी ८ जना बालिकाहरूको उद्धार गरेको हो।
प्रहरीका अनुसार, स्पा सेन्टरहरूले ‘बाल श्रम (निषेध र नियमित गर्ने) ऐन, २०५६’ विपरित १८ वर्षमुनिका बालिकाहरूलाई जोखिमपूर्ण काममा लगाएको पाइएको थियो ।
उद्धार गरिएका बालिका र आवश्यक कारबाहीका लागि संलग्न स्पा सञ्चालकहरूलाई श्रम तथा रोजगार कार्यालय, पोखरामा पठाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी, प्रहरी नायव उपरीक्षक हरिबहादुर वस्नेतले जानकारी दिए ।








१८औं हिसान स्पोर्ट्स मिट सुरु : पहिलो दिन भलिबल र बास्केटबलका प्रतिस्पर्धा
वन कुकुरको वासस्थान सुधारका लागि ताङ्तिङमा २५० केजी प्लास्टिक संकलन
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
सुप्रिम सहकारी ठगी प्रकरण : रवि लामिछानेलाई रिहा गर्न उच्च अदालतको आदेश
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया