विवादास्पद अभिव्यक्तिका कारण रामकुमारी झाँक्रीलाई तीन दिने स्पष्टीकरण पत्र

समाधान संवाददाता २०८२ असार १८ गते १४:२७

पोखरा ।

पार्टी नेतृत्वलाई ‘सिनो’ को संज्ञा दिँदै सार्वजनिक टिप्पणी गरेपछि नेकपा (एकीकृत समाजवादी) की नेतृ रामकुमारी झाँक्रीलाई पार्टीले स्पष्टीकरण सोधेको छ। उनलाई आफ्नो भनाइबारे प्रस्ट पार्न तीन दिनको समयसीमा तोकिएको छ।

झाँक्रीले हालै एक कार्यक्रममा पतञ्जलि जग्गा विवादमा अध्यक्ष माधवकुमार नेपाल मुछिएको भन्दै पार्टीमा नेतृत्व पुनर्गठनको आवश्यकता औंल्याएकी थिइन्। उनको सोही अभिव्यक्तिका आधारमा पार्टीको अनुशासन आयोगले कारबाही प्रक्रिया अगाडि बढाएको हो। एकीकृत समाजवादीका सचिव सोमप्रसाद पाण्डेले झाँक्रीले सार्वजनिक रूपमा बोलेका विषयमा पार्टीले जवाफ मागेको जानकारी दिए।

Advertisement

तपाईको प्रतिक्रिया