सरस्वती आधारभूत विद्यालयमा खानेपानी ट्यांकी हस्तान्तरण

पोखरा ।
लायन्स क्लब अफ सेतीगंगको आयोजनामा पोखरा–१२, ढिकालेथरस्थित सरस्वती आधारभूत विद्यालयमा २ हजार लिटरको खानेपानी ट्यांक्ी हस्तान्तरण गरिएको छ । गण्डकी एरिया चिफ महेश श्रेष्ठले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कार्की र प्रधानाध्यापक रुद्र रानाभाटलाई उक्त ट्यांकी हस्तान्तरण गरे ।
कार्यक्रममा एरिया चिफ श्रेष्ठले अहिलेको सुख्खा मौसममा विद्यालयमा देखिएको पानीको अभावलाई यो सहयोगले केही हदसम्म भए पनि राहत पुर्याउने विश्वास व्यक्त गरे । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बलबहादुर कार्कीले सरकारको नजरमा ओझेलमा परेको विद्यालयलाई लायन्स क्लबले खानेपानी ट्यांकी उपलब्ध गराएर विद्यार्थीहरूलाई निकै राहत मिलेको बताए ।
रिजन चियरपर्सन दिनेश तुलाचनले विद्यालयलाई आवश्यक सामग्री उपलब्ध गराएर क्लबले राम्रो कार्य गरेको बताए । जोन चियरपर्सन तीर्थ श्रेष्ठले ‘जहाँ आवश्यकता, त्यहाँ लायन्स’को उपस्थिति हुने र बालबालिकालाई अध्ययनबाट वञ्चित हुन दिन नहुने कुरामा जोड दिइन् ।
विद्यालयका प्रधानाध्यापक रुद्र रानाभाटले विभिन्न संघसंस्थाको सहयोगबाट विद्यालय सञ्चालन भइरहेको र हाल त्यहाँ १७० जना विद्यार्थी रहेको जानकारी दिए । सो ट्यांकी ‘हिल टप मन्त्र थकाली रेस्टुरेन्ट’बाट सहयोगस्वरूप प्राप्त भएको क्लबका कार्यवाहक अध्यक्ष सिर्जना हिराचनले बताइन् । उक्त कार्यक्रमको स्वागत मन्तव्य सह–सचिव ममता गौचनले दिइन् भने कार्यक्रम सञ्चालन अमिता राजभण्डारीले गरिन् ।









‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया