सृजना माविमा सम्मान तथा बधाई

समाधान संवाददाता २०८२ असार १८ गते १६:५७

पोखरा ।
पोखरा–८, सृजनाचोक, शान्तिमार्गस्थित सृजना सेकन्डरी स्कूलले सोमबार विद्यार्थी सम्मान तथा बधाई कार्यक्रम सम्पन्न गरेको छ । माध्यमिक शिक्षा परीक्षा (एसईई)–२०८१ मा सम्मिलित भई ४ जीपीएसहित उत्कृष्ट नतिजा प्राप्त गरेर विद्यालयको गरिमा उच्च बनाएका सम्पूर्ण विद्यार्थीहरूका लागि बधाई तथा सम्मान कार्यक्रम गरी विद्यार्थीलाई सम्मान गरिएको हो ।

Advertisement


विद्यालयकी निर्देशक सीता पाण्डेको अध्यक्षतामा सञ्चालन भएको उक्त कार्यक्रममा एसईई उत्तीर्ण विद्यार्थीहरूका अभिभावक तथा विद्यालयका शिक्षक र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । विद्यालयका प्राचार्य डोलराज पाण्डे र सल्लाहकार कृष्ण घिमिरेले एसईई उत्तीर्ण विद्यार्थीहरूलाई खादा, टीका र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए ।


यसै क्रममा प्राचार्य पाण्डेले मन्तव्य राख्दै अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यस्तो उत्कृष्ट नतिजा प्राप्त गर्न सफल भएको स्मरण गर्दै विद्यार्थी, अभिभावक एवम् शिक्षक–कर्मचारीहरूलाई बधाई तथा शुभकामना दिएका थिए ।

Advertisement


उक्त कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल इन्द्रकुमार श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए भने विद्यालयका सल्लाहकार कृष्ण घिमिरे, शिक्षक प्रकाश क्षेत्री तथा अभिभावक कुशुम गौचनले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए ।


यसैगरी एसईई उत्तीर्ण विद्यार्थीहरूका तर्फबाट योजना माझी, स्पन्दन गोर्खाली र प्रिन्सा अर्यालले मन्तव्य राखेका थिए । उक्त बधाई तथा सम्मान कार्यक्रम विद्यालयका शिक्षक विष्णुप्रसाद सुवेदीले सञ्चालन गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया