पोखरा १३ का विद्यार्थी सम्मानित

पोखरा ।
पोखरा वडा नम्बर १३ मा रहेका सामुदायिक तथा संस्थागत विद्यालयबाट एसइई २०८१ मा उत्कृष्ट परिणाम हासिल गर्ने विद्यार्थीहरुलाई वडा कार्यालयले सम्मान तथा बधाई ज्ञापन गरेकोछ । वडाध्यक्ष किरण बरालले सम्मानित विद्यार्थीलाई सफलताको कामना गरे ।
उनले अनुशासित र मिहननी बनेर अगाडि वढ्न अनुरोध गर्दै अभिभावकलाई अबका दिनमा उनीहरूका भावनालाई सम्बोधन गर्न आग्रह गरे । यो सफलताका पछाडि विद्यालय प्रशासन, शिक्षक, अभिभावक र विद्यार्थीको संयुक्त प्रयास रहेको उनको भनाइ छ । वडा शैक्षिक समन्वय संयोजक राजेन्द्र भण्डारीले वर्तमान समय अवसर र चुनौती संघर्षको दोसाँधमा रहेको जनाए ।
वडाध्यक्ष बराल, भद्रकाली माध्यमिक विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष लोकबहादुर कार्की, जनप्रतिनिधिहरु बलबहादुर बराल, रजनी परियार, सुचिता तमाङ र शरीफ मियाँ लगायतले भद्रकाली माध्यमिक विद्यालयबाट ४ जिपिए ल्याउने प्रेरणा परियार, सृष्टि अधिकारी, प्रिया रानामगर र सिजन ढेवाजूलाई सम्मान गरे ।
कार्यक्रमा अक्सफोर्ड बोर्डिङ स्कुलका गौरव आचार्य (३.९१), ताराकुञ्ज बोर्डिङका सुशील सुवेदी (३.८२) बेसलाइन एकेडेमीका सौरभी राजभाट (३.९२), चिल्ड्रेन्स एकेडेमीका स्पन्दन घिमिरे (३.८०) बाल कल्याण बोर्डिङ स्कुलका, बृष्टि सुनार (३.७९), इडेन्स एकेडेमीक सञ्जीव कुटुवाल (३.८६), गण्डकी आदर्श बोर्डिङका आस्था आचार्य (३.८३), आर्वा विजय माविकी सुरक्षा पौडेल (३.४४), रतनपाण्डे माविकी जेनीसा न्यौपाने (३.१४) पनि सम्मानित भए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया