लोमान्थाङका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण

मुस्ताङ ।
उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिकाले सीमावर्ती क्षेत्रका विपन्न परिवारलाई च्याङ्ग्रा वितरण गरेको छ ।
लोमान्थाङ गाउँपालिकाले त्यहाँका स्थानीय परिवारको आर्थिक अवस्थामा सुधार पुगोस भनेर च्याङ्ग्राको माउ वितरण गरेको हो । चालु आर्थिक वर्ष २०८१/८२ को वार्षीक कार्यक्रमअनुसार त्यहाँका ३५ विपन्न परिवारलाई एक सय च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाका पशु सेवा शाखाका नायव पशु स्वास्थ्य प्राविधिक दिलिप पुर्जाले जानकारी दिए ।
लोमान्थाङका विपन्न नागरिकको जीवनस्तर उकास्न पाँचवटै वडामा सात सातवटा च्याङ्ग्राको माउ वितरण गरिएको हो । गाउँपालिकाले विपन्न नागरिकलाई च्याङ्ग्रा वितरण गर्न रु १० लाख खर्च गरेको प्राविधिक पुर्जाले बताए ।
विपन्न परिवारलाई उनीहरुको जिवनस्तर उकास्न दुई वर्ष उमेरको प्रजनन् अवस्थाको वयस्क च्याङ्ग्राको माउ वितरण गरिएको लोमान्थाङ गाउँपालिकाले जनाएको छ ।








६० सहसचिवको सरुवा, गण्डकीमा ५ सचिव आउँदा २ जना बाहिरिए
सरकारको १०० दिन : फजुल खर्च र सुशासनमा निर्मम, चुनाव गराउन प्रतिबद्ध
चुनाव आउन ७५ दिन बाँकी : देशभर १० हजार ९६७ मतदान स्थल कायम, १६८ थपिए
पुसमा विवाहको झल्को : लेखनाथ महोत्सवमा यसरी गुञ्जियो रत्यौली
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया