पोखरा विमानस्थलमा डिपो निर्माण

पोखरा ।
नेपाल आयल निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधुनिक हवाई इन्धन भण्डारण गृह (डिपो) को निर्माण गरेको छ । यो डिपो भ्याटबाहेक ७५ करोड रुपैयाँमा बनेको हो ।
जहाँ ३ हजार ६ सय किलोलिटर क्षमताका ३ टंकी छन् । ती सबै ट्यांकीको उचाइ १२ मिटर र व्यास १२ मिटर छ । डिपोको इन्धन भण्डारण क्षमता ३६ लाख किलोलिटर छ । यसका अतिरिक्त, हाइड्रान्ट रिफ्युलिङ प्रणालीसहितको १२ इन्च व्यासको पाइपलाइनसमेत जडान गरिएको छ ।
निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको दक्षिण क्षेत्रको ३२ हजार ९ सय १५ वर्गमिटरमा डिपो निर्माण गरेकाृ हो । यसका लागि विमानस्थलको जग्गा भाडा लिइएको छ । निगमको इतिहासमा पहिलो पटक स्वदेशी प्रविधि, स्वदेशी डिजाइन र स्वदेशी ठेकेदारबाट हवाई इन्धन डिपो तयार गरिएको पोखरा एयरपोर्ट हवाइ इन्धन डिपो परियोजना प्रमुख प्रदीप यादवले बताए ।
यसको विस्तृत परियोजना रिपोर्ट पुलचोक इन्जिनियरिङ संस्थानले बनाएको थियो । नेपालमा पहिलो पटक यो डिपो इन्डियन आयल कर्पोरेसनको सहयोगबिना निर्माण भएको हो । अत्याधुनिक मापदण्ड अनुसारको नियन्त्रण कक्ष, अफिस, फायर फाइटिङ सिस्टम लगायतका पूर्वाधार यहाँ छन् ।
विमानस्थल सञ्चालनमा आएसँगै आन्तरिक तथा वाह्य उडान वृद्धि भइरहेका बेला आवश्यक इन्धन आपूर्ति तथा भण्डारणको पूर्वतयारी स्वरूप यो डिपो निर्माण गरिएको हो । आगलागी हुँदा स्वचालित उपकरणबाट पानीको फोहोरा हाली निभाउने प्रविधिसमेत जडान गरिएको छ ।
इन्धन डिपो निर्माण प्रक्रिया २०७५ बाट प्रारम्भ भए पनि विविध प्रशासनिक कारणले ढिलो भएको थियो । तत्कालीन उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले २०८० साउन ९ गते यसको सिलान्यास गरेका थिए । पुल्चोक इन्जिनियरिङ संस्थानका सहायक डिन डा सुरज लामिछानेले वैदेशिक परामर्शदाता, लगानी, विज्ञबिना सतप्रतिशत नेपाली विज्ञ र लगानीबाट निर्माण भएको जानकारी दिए ।
अब छिट्टै परीक्षण तथा अन्तिम प्राविधिक प्रमाणीकरणको काम गरी नयाँ इन्धन डिपो सञ्चालनमा ल्याइनेछ । पोखरामा सिजनमा दैनिक १८ हजारदेखि २२ हजार लिटरसम्म इन्धन खपत हुन्छ । पोखराको पुरानो विमानस्थलमा ६४ हजार लिटर क्षमताको डिपो छ । पुरानो विमानस्थलबाट नयाँ अन्तर्राष्ट्रिय विमानस्थलमा बाउजरमा हवाई इन्धन लगेर निगमले इन्धन व्यवस्थापन गर्दै आएको छ । पुरानो विमानस्थलमा रहेको डिपो परिसरमा १६–१६ किलोलिटरका ४ अन्डर ग्राउन्ड टंकी छन् । जसको क्षमता ६४ किलोलिटर छ ।








रास्वपाद्वारा गण्डकी प्रदेशका समानुपातिक उम्मेदवारको प्रारम्भिक सूची सार्वजनिक
पोखरामा गीत सुनाउँदै धनबहादुर
पोखरा र माछापुच्छ्रेमा वृद्धाहरूको गहना लुटपाट : स्कुटर चढेर चोरी गर्ने गिरोहसहित ५ जना पक्राउ
फोहोरलाई मोहोरमा बदल्दै ९ सयलाई रोजगार दिने योजना
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया