डायमन्डका विद्यार्थी सम्मानित

समाधान संवाददाता २०८२ असार २० गते १३:३४

लेखनाथ ।
पोखरा २७ तालचोकमा रहकोे डायमन्ड माविले एसइई उत्तीर्ण विद्यार्थी तथा विषयगत शिक्षकलाई सम्मान तथा बधाई ज्ञापन गरेको छ । ३१ औं ब्याजका रुपमा यस वर्षको एसइइमा सहभागी ८७ विद्यार्थीमध्यये अंकिता अधिकारी र स्वतीका देवकोटाले ४ जिपिए पाएका छन् ।

Advertisement


कार्यक्रममा पोखरा विश्वविद्यालयका रजिस्ट्रार सहप्राध्यापक डा अजय थापाले कडा परिश्रम, लगनशील र अनुशासित भई अघि बढ्न विद्यार्थीहरुलाई आग्रह गरे । पोखरा विश्वविद्यालय मानविकी तथा समाजशास्त्र संकायका डिन डा सुरेन्द्र तिवारीले डायमन्डले विगतदेखि नै राम्रो नजिता हाँसिल गर्दै आएको जनाए ।


प्याब्सन केन्द्रीय उपाध्यक्ष प्रेमप्रसाद शर्मा पौडेलले सफलताको पछाडि शिक्षक, अभिभावक र विद्यार्थीको मेहनत हुने सुनाए । पोखरा महानगरपालिका शिक्षा महाशाखाका वरिष्ठ शिक्षा अधिकृत बद्रीनाथ सुवेदीले यो सफलताको पहिलो खुड्किलो भएको र अझ धेरै खुड्किलो चढ्न बाँकी रहेको उल्लेख गरे ।

Advertisement


हिसान कास्की अध्यक्ष दिवाकर जैसीले अभिभावक, विद्यार्थी, शिक्षक तथा विद्यालयको संयुक्त प्रयासबाट यस प्रकारको उत्कृष्ट नतिजा प्राप्त गर्न सकिने विचार राखे ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष भोजराज लामिछानेको अध्यक्षतामा भएको कार्यक्रममा एसइई उत्तीर्ण विद्यार्थीहरुको तर्फबाट अंकिता आचार्य, स्वस्तिका देवकोटा, अभिभावक विष्णुकान्त भट्टराई, विद्यालयका प्राचार्य यमबहादुर रोक्का, सञ्चालक समिति सदस्य हरिप्रसाद लामिछाने र निर्देशक माधवशरण उपाध्यायले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया