रोटरी क्लब अफ पोखरा मिडटाउनमा उपेन्द्रको नेतृत्व

समाधान संवाददाता २०८२ असार २० गते १६:३५

पोखरा।

रोटरी क्लब अफ पोखरा मिडटाउनले आफ्नो २४औं पदस्थापन समारोह एक भव्य कार्यक्रमका साथ सम्पन्न गरेको छ। सो अवसरमा क्लबको २०२५/२६ कार्यकालका लागि नवनियुक्त अध्यक्ष उपेन्द्रप्रसाद पौडेलले पदभार ग्रहण गरे ।

कार्यक्रमका प्रमुख अतिथि रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ (नेपाल-भुटान) का डिष्ट्रिक्ट गभर्नर इलेक्ट विष्णुबहादुर कार्की थिए । कार्यक्रम विशेष अतिथि, अन्य एजीहरू, क्लब अध्यक्षहरू, पूर्व अध्यक्षहरू, चार्टर सदस्यहरू, रोटर्याक्ट, इनरव्हिल, इन्टर्याक्ट प्रतिनिधिहरूको उपस्थितिमा सम्पन्न भएको थियो।

Advertisement

कार्यक्रममा प्रेसिडेन्ट इलेक्ट सङ्गिता तिमिल्सिनाले स्वागत मन्तव्य राखे भने उद्घाटन प्रमुख अतिथि कार्कीले गरे ।

नवनियुक्त अध्यक्ष पौडेलको परिचय सन्तोष पोखरेलले गरे भने वर्ष २०२४।२५ का सचिव जीवन भण्डारीले कार्यकालको संक्षिप्त विवरण दिए । अध्यक्ष सूर्यनारायण बरालले तत्पश्चात् निवर्तमान अध्यक्ष सूर्य नारायण बरालले आफ्नो नव नियुक्त अध्यक्षलाई ग्याभल, ह्यामर र चार्टर प्रमाणपत्र हस्तान्तरण गरे ।

Advertisement

अध्यक्ष पौडेलले आफ्नो कार्यकालमा सम्पन्न गर्ने कार्ययोजना सार्वजनिक गर्दै वर्षको बोर्ड अफ डाइरेक्टर्स २०२५/२६ को घोषणा र सपथ गराए । कार्यक्रममा दुई जना नयाँ सदस्यहरु पुरुषोत्तम कुँवर र प्रकाश आचार्यलाई एसिस्टेन्ट गभर्नर बाबुराम बरालले इन्डक्ट गराए भने यस बर्षको भोकेशनल सर्भिस अबार्ड हरिलोलाई प्रदान गरियो । सोही कार्यक्रममा ज्येष्ठ नागरिक सम्मान स्वरुप सरस्वती पौडेललाई सम्मान गरिएको थियो । लायन्स इन्टरनेशनल ३२५ का मल्टिपल काउन्सिल चियरपर्सन मिलन थापा, मणिपाल अस्पतालका प्रमुख कार्यकारी अधिकृत अनिल वोडुविल तथा गण्डकी प्रदेश सरकारका प्रेस रजिष्ट्रार विमला भण्डारीले शुभकामना मन्तब्य राखेको कार्यक्रममा प्रमुख अतिथि कार्कीले रोटरीमार्फत यसैगरी सेवाभावमा जोडिन आग्रह गरे ।

उक्त अवसरमा यस वर्षको बार्षिक मुखपत्र द रोटरी इमेज सार्वजनिक गरिएको थियो । पूर्व अध्यक्ष सोनी ढेवाजुको संयोजकत्वमा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष प्रा बिनोद हेज्यु, महेन्द्र गोदार, केशव आचार्य, कृष्णप्रसाद घिमिरे तथा युथ चियर शिव कोइरालाले समेत बोलेका थिए । कार्यक्रमको सञ्चालन सचिव शिवहरि आचार्यले गरेका थिए ।

तपाईको प्रतिक्रिया