खान अयोग्य ‘हटपट’ चाउचाउ बजारबाट फिर्ता लैजान निर्देशन

पोखरा। यदि तपाईं ‘हटपट’ ब्राण्डको चाउचाउ उपभोग गर्नुहुन्छ भने सावधान! खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले पोखरामा उत्पादित उक्त चाउचाउको एक ब्याच खान अयोग्य (न्यून गुणस्तरको) रहेको पुष्टि गर्दै तत्काल बजारबाट फिर्ता लिन उत्पादक कम्पनीलाई निर्देशन दिएको छ।
विभागले बजार अनुगमनका क्रममा संकलन गरेको नमूना परीक्षणबाट यस्तो तथ्य फेला पारेको हो। शुक्रबार जारी सूचनाअनुसार, पोखरा नुडल्स प्रालिले गत वर्षको भदौ महिनामा उत्पादन गरेको ब्याच नं. १२७.यु २ को चाउचाउमा गम्भीर गुणस्तर कमजोरी भेटिएको हो।
सोही कारण, खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम विभागले उक्त ब्याचका सम्पूर्ण उत्पादनको बिक्री-वितरणमा रोक लगाउँदै उपभोक्तासम्म पुगिसकेका चाउचाउ समेत फिर्ता गर्न कडा आदेश दिएको छ। विभागले उपभोक्तालाई पनि उक्त ब्याचको चाउचाउ खरिद नगर्न र खरिद गरिसकेको भए उपभोग नगर्न आग्रह गरेको छ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया