मदन भण्डारी फाउन्डेसनमा लक्ष्मण

पोखरा ।
संगठन विस्तारको क्रममा मदन भण्डारी फाउन्डेसनले शनिबार गण्डकी प्रदेश स्तरीय भेला गरेको छ । जननेता मदन भण्डारीका दर्शन, विचार र योगदानलाई जनता समक्ष पुर्याउने उद्देश्यले स्थापित फाउन्डेसनको भेलाले अध्यक्ष लक्ष्मण गिरीको नेतृत्वमा १५ सदस्यीय गण्डकी प्रदेश कमिटी गठन गरेको छ ।
कमिटीको सचिवमा मनकुमार श्रेष्ठ, कमिटीको सदस्यमा विकास गौतम, सीता अधिकारी तिवारी, भवानी केसी, घनश्याम सुवेदी, नर्वु घले, दीपक शर्मा, पानप्रसाद तिमिल्सिना, श्रीकृष्ण पराजुली, विनोद केसी, रेशम छन्त्याल र तारा शर्मा, तिर्थराज खनाल छन् । कमिटीले गण्डकीका सबै जिल्लाको अधिवेशन गर्ने योजना बनाएको छ ।
नेकपा (एमाले )का केन्द्रीय कमिटीका सचिव पद्मा अर्यालले भेलाको उद्घाटन गर्दै पार्टीमा मौलाएको गुटबन्दीले नयाँ पुस्तालाई पार्टीमा आकर्षण गर्न नसकिएको बताइन् । उनले नयाँ पुस्ता एमाले भएर पार्टीमा आउने वातावरण नभएको चर्चा गरिन् । ‘नयाँ जमातलाई गुटबन्दीको कारण पार्टीमा समेट्न सकिएन,’ उनले भनिन्, ‘कुन पक्ष भएर आउने अवस्था छ । एमाले भएर आउने वातावरण भएन ।’ उनले एमाले एमाले बीच लडाई नलडेर विपक्षीसँग प्रतिस्पर्धा गर्नुपर्ने चर्चा गरिन् ।
सामाजिक सञ्जालमा आएको गलत सूचनाले पार्टीमा हल चल ल्याउन नहुने उल्लेख गर्दै उनले पार्टीभित्र संगठनात्मक अराजकता र निजी स्वार्थले प्राथमिता पाएको बताइन् । आम निराशाको प्रमुख कारण सामाजिक अराजकता भएको उल्लेख गर्दै उनले अराजकताले पार्टी पंक्तिमा हलचल पार्टी निर्माणको लागि प्रमुख चुनौती भएको टिप्पणी गरिन् ।
जबज एमालेका मार्ग दर्शक सिद्वान्त बनेको जानकारी दिँदै उनले जबज नेपालको लागि नभएर विश्व कम्युनिस्ट आन्दोलनको लागि प्रेरणाको स्रोत बनेको दाबी गरिन् । उनले जबज राष्ट्रियता, आन्तरिक लोकतन्त्र र समाजवादमा जानका लागि त्रिवेणी सन्देश दिएको बताइन् । उनले सत्ता प्राप्तिको लागि नभएर सिद्वान्त र निष्ठाको राजनीति गरेको जानकारी दिइन् ।
उनले सामाजिक संस्थाको रुपमा रहेको फाउन्डेसनले मदन भण्डारीले प्रतिपादन गरेको विचारलाई पुस्तान्तरण गर्न आग्रह गरिन् । अरु पार्टीका मान्छेलाई एमालेमा ल्याउन सुझाव दिइन् । नयाँ पुस्तालाई जननेता मदन भण्डारीले प्रतिपादन गरेको विचार जनताको बहुदलीय जनवाद ‘जबज’ले प्रशिक्षित गरेर पार्टीमा ल्याउन अनुरोध गर्दै उनले जबजको वैचारिक वहस गर्न गण्डकीमा अध्ययन केन्द्र खोल्न आग्रह गरिन् ।
प्रतिष्ठानले नयाँ पुस्ताले जबज बुझ्ने माध्यम तयार गर्नुपर्ने चर्चा गर्दै उनले आउने पुस्तासम्म मदन भण्डारीले प्रतिपादन गरेको विचार पुग्नपर्ने बताइन् । उनले मदन भण्डारीसँग जोडिएका विषयवस्तु तथा गण्डकीका बामपन्थी नेताको सूची तयार गरेर जीवनीलाई समेटेर संगालो प्रकाशन गर्न सुझाव दिइन् ।
कार्यक्रममा एमालेका पोलिटब्युरोका सदस्य जगत विश्वकर्माले एमालेको मार्ग दर्शक सिद्वान्तको रुपमा रहेको जबजले पार्टीलाई नीति विचार र सांगठनिक हिसाबले उचाईमा पुर्याएको जानकारी दिए । उनले नयाँ पुस्तालाई विचारले प्रशिक्षित गर्नुपर्ने बताए ।
पार्टीका केन्द्रीय सदस्य राजिव पहारीले राजनीति स्वार्थ, अवसरवाद र व्यक्तिवादमा केन्द्रीत हुन थालेको परिवेशमा मदन भण्डारीको आदर्श झनै सान्दर्भिक हुने बताए । नयाँ पुस्ताले मदनको विचारबाट शिक्षा लिनु पर्ने उल्लेख गर्दै उनले मदन जस्तै सिद्धान्तमा अडिक भएर व्यवहारमा प्रगतिशील बन्नु आजको आवश्यकता भएको चर्चा गरे ।
कार्यक्रममा प्रतिनिधि सभाका सदस्य तथा मदन भण्डारी फाउन्डेसन गण्डकी प्रदेशका संयोजक दामोदर पौडेल बैरागी, मदन भण्डारी फाउन्डेसनका केन्द्रीय सदस्यहरु डा भेषराज अधिकारी र सन्तोष रावलले जननेता भण्डारीका दर्शन, विचार र योगदानलाई जनतासमक्ष पुर्याउने काम फाउन्डेसनले गरेको बताए ।








भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
लेखनाथका समाजसेवी उद्यमी चन्द्रकृष्ण कर्माचार्य पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया