उत्पादन राज्यले होइन, निजी क्षेत्रले गर्छ : पूर्व मन्त्री खतिवडा

लेखनाथ । लेखनाथ उद्योग वाणिज्य संघको २९औँ स्थापना दिवस तथा २८औँ वार्षिकोत्सव कार्यक्रम शुक्रबार सम्पन्न भएको छ । कार्यक्रमको मुख्य आकर्षण ‘राष्ट्रिय अर्थतन्त्र र साना तथा मझौला उद्योग–व्यवसायीका चुनौती र समाधान’ विषयक गोष्ठी थियो ।
कार्यक्रमको उद्घाटन गर्दै नेपाल सरकारका पूर्व गभर्नर तथा पूर्व अर्थमन्त्री डा. युवराज खतिवडाले वर्तमान परिस्थितिमा निराश हुनुपर्ने अवस्था नरहेको स्पष्ट पार्दै, उत्पादन राज्यले नभई निजी क्षेत्रले गर्ने हो, राज्यले नीति र कार्ययोजना बनाएर निजी क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए ।
‘निष्ठा, इमानदारी र सकारात्मक दृष्टिकोणले मात्र आर्थिक रूपान्तरण सम्भव छ । औद्योगिक विकासका लागि नीतिगत स्पष्टता, पूर्वाधार निर्माण र सुरक्षाको प्रत्याभूति आवश्यक छ,’ उनले भने । साथै, सूचना प्रविधि र सीपमूलक रोजगारीमा लगानी बढाउनुपर्नेमा जोड दिए । उनले देशमा स्वरोजगार सिर्जना गर्ने सरकारी योजना रहेको उल्लेख गर्दै वैदेशिक रोजगारीका लागि एकपटक खुला गर्न सकिने तर दोस्रोपटक जान रोक लगाउनुपर्ने सुझाव दिए ।
कार्यक्रममा संघका अध्यक्ष विनोद श्रेष्ठले स्वागत मन्तव्य राख्दै विदेशी पलायन र युवाशक्ति विदेशिने समस्याको समाधान स्वरोजगार सिर्जना नै भएको बताए । उनले लेखनाथलाई प्रदेशस्तरीय औद्योगिक क्षेत्र र स्थायी सभाहलको आवश्यकता रहेको धारणा राखे । साथै, पर्यटनको प्रचुर सम्भावना बोकेको लेखनाथ क्षेत्रमा केन्द्रीय सरकारको प्राथमिकता आवश्यक रहेको बताए ।
सोही अवसरमा गण्डकी विश्वविद्यालयका उपकुलपति प्रा.डा. इन्द्रप्रसाद तिवारीले व्यवसायिक दृष्टिकोण विकासमा नेतृत्वले साना व्यवसायीको हितमा काम गर्नुपर्ने सुझाव दिए । धार्मिक, शैक्षिक र पर्यटकीय सम्भावना बोकेको लेखनाथ क्षेत्रको समग्र विकासमा जोड दिए ।
नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशका अध्यक्ष अमृत भट्टचनले आर्थिक मन्दीका बाबजुद पनि संघका सदस्यहरू उत्पादनमा लागिरहेको बताउँदै व्यवसायीको अनुहारमा हाँसो ल्याउने नीति र कार्यक्रम आवश्यक रहेको धारणा राखे ।
संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले संस्थाको भौतिक संरचना र सामाजिक रूपान्तरणमा संघको भूमिका स्मरण गराउँदै २०७८ मा स्थापना गरिएको ‘चन्द्रकृष्ण ज्येष्ठ नागरिक सेवा पुरस्कार’ यस वर्ष पोखरेली नवरत्न मुकुन्दशरण उपाध्यायलाई प्रदान गरिने घोषणा गरे । पुरस्कार राशि रु. १ लाख १ हजार रहेको छ । पुरस्कार छनोट समितिका सदस्य रवीन्द्र माकाजुले पुरस्कारसम्बन्धी जानकारी प्रस्तुत गरे ।
कार्यक्रममा संघका वरिष्ठ उपाध्यक्ष राजेन्द्र ओझाले धन्यवाद ज्ञापन गरेका थिए भने सञ्चालन महासचिव जानुका पराजुलीले गरेकी थिइन् । सो अवसरमा संघले सामाजिक उत्तरदायित्वअन्तर्गत राधाकृष्ण वृद्धाश्रम र बौद्धिक अपांगता क्षेत्रमा काम गर्ने संस्थालाई सहयोग गरेको थियो ।









न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया