नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाको रक्तदान

पोखरा ।
नेपाल रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाले शनिबार खुला रक्तदान कार्यक्रम गरेको छ । मार्गदर्शन एकेडेमी पोखरा ११ को व्यवस्थापनमा भएको कार्यक्रममा ५० युनिट रगत संकलन भएको छ ।
कार्यक्रमम गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले रक्तदान मानवको जीवन जोगाउने महान काम भएको बताए । मानिसले दान गरेको १ युनिट रगतले दुर्घटनामा परेका, उपचारका लागि रगत चाहिने वा जटिल रोगसँग जुधिरहेका व्यक्तिको जीवन जोगाउन सहयोग पुग्ने उनले उल्लेख गरे ।
रक्तदान कुनै साधारण काम नभएर साहसिक सहयोग र समाजप्रति जिम्मेवारीको प्रतिक भएको चर्चा गर्दै उनले रगत कुनै कारखानामा बन्ने वस्तु नभएर १ स्वास्थ्य व्यक्तिबाट अर्को व्यक्तिमा पुग्ने जीवनचक्र भएको टिप्पणी गरे ।
रेडक्रस सोसाइटी पोखरा १२ का सुभापति इन्दिरा आचार्य पन्तले रक्तदान जीवन दान भएकाले नियमित रगत दान गर्दा मानव शरीर स्वस्थ हुने दाबी गरिन् । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका कोषाध्यक्ष मोहनसिंह खड्का, मार्गदर्शन एकेडेमीका सञ्चालक पुरन श्रेष्ठ, रेडक्रस सोसाइटी पोखरा १२ उपशाखाका निवर्तमान सभापति कुश्मराज आचार्य, उपसभापति राजकुमार अधिकारी, उपसचिव आइतराम विश्वकर्मा, सल्लाहकार सूर्यप्रसाद आचार्य, प्रकाश सेडाईं लगायतले बोलेका थिए ।








बागलुङ महोत्सवः १० लाख दर्शक, १० करोडको कारोबार हुने अपेक्षा
भारतीय ‘टुर अपरेटर’ टोली पोखरामा
अमृत गुरुङसहित ९ जनालाई पोखरा महानगरको नवरत्न सम्मान
दैनिक १ सय ३० कामदार खटाएर मादी पुल निर्माण गरिँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया