उत्कृष्ट शैक्षिक संस्था सम्मान पोखरा आदर्श सेकेन्डरीलाई

पोखरा । पोखरा महानगर पालिका १ मा अवस्थित पोखरा आदर्श सेकेन्डरी स्कुल “उत्कृष्ट शैक्षिक संस्था सम्मान -२०८२” बाट सम्मानित भएको छ।
नेपालको शैक्षिक क्षेत्रमै गुणस्तरीय, प्रविधिमैत्री, प्रतिस्पर्धी, क्षमतावान शैक्षिक जनशक्ति उत्पादनमा उल्लेख्य भूमिका वहन गरेको भन्दै उक्त सम्मानबाट सम्मानित गरिएको हो । चन्द्रलोक प्रतिष्ठानद्वारा आयोजित उक्त सम्मानको कार्यक्रममा प्रमुख अतिथि पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई र प्रतिष्ठानका अध्यक्ष सीताराम कार्कीले विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कमलराज सापकोटालाई दोसल्ला र पदक सहित सम्मान गरे।
भौतिक पूर्वाधार, प्राविधिक व्यवस्थापन तथा गुणात्मक शिक्षाको संयोजनबाट प्रदेशस्तरमा उत्कृष्ट शैक्षिक संस्थाको रूपमा पोखरा आदर्श सेकेन्डरी स्कुललाई सम्मान गर्न पाउँदा गर्वानुभूतिको महसुस भएको संस्थाका अध्यक्ष सीताराम कार्कीले बताए ।
यस सम्मानबाट आगामी शैक्षिक यात्रामा विद्यालयलाई थप उत्प्रेरणा एवम् जिम्मेवार बोध गराएको विद्यालयका प्राचार्य फणिन्द्रप्रसाद अधिकारीले बताए । विद्यालयमा कक्षा ११ र १२ तर्फ होटेल म्यानेजमेण्ट, व्यवस्थापन, कम्प्युटर विज्ञान, विज्ञान संकायतर्फका विषयहरु सञ्चालित रहेको जानकारी विद्यालयका उपप्राचार्य ज्ञानेश्वर सुवेदीले बताए ।









इस्वी संवत् २०२६ सुरु : पर्यटकीय क्षेत्रमा उल्लास
‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया