गण्डकीमा काव्य गोष्ठी

पोखरा ।
अखिल नेपाल लेखक संघ गण्डकी प्रदेश समितिको आयोजनामा शनिबार पोखरामा काव्य गोष्ठी भएको छ ।
गोष्ठीमा लेखक संघ केन्द्रीय उपाध्यक्ष नारायण मरासिनी, लेखक संघ केन्द्रीय सदस्य तथा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ परिषद सदस्य त्रैलोक्यमान बनेपाली (अगिब), नेकपा माओवादी गण्डकी प्रदेश कोषाध्यक्ष ताराप्रसाद भुसाल, जनसांस्कृतिक महासंघ गण्डकी इन्चार्ज मणिचन्द्र कँडेल ‘गोविन्द’ लगायतले प्रगतिवादी लेखन क्षेत्रको कालक्रमिक विकास र देखापरेका समस्या एवम् चुनौतीबारे बोलेका थिए ।
उनीहरुले प्रगतिवादी लेखकका सिर्जनामा वर्ग सचेतताका साथ कला र विचारको तालमेल हुनुपर्नेमा जोड दिए । गोष्ठीमा लेखक संघ केन्द्रीय सदस्य अम्बिका भण्डारी, जनसांस्कृतिक महासंघ कास्की अध्यक्ष रञ्जना राई, रुपिन्द्र प्रभावी ‘कटु’, सुरज उपाध्याय, काजी गाउँले, कृष्णप्रसाद गौतम, दामोदर संजेल, संकेत आचार्य, गोपालप्रसाद अधिकारी, सुवास पौडेल, बलराम पोख्रेल लगायतले रचना वाचन गरेका थिए ।
संघ गण्डकी अध्यक्ष भीम रानाभाटको अध्यक्षतामा भएको कार्यक्रममा लेखक संघ गण्डकी उपाध्यक्ष दुर्गानारायण ढकाल, कास्की अध्यक्ष रामजीप्रसाद आचार्य लगायतले बोलेका थिए ।







रत्नशोभा मावि व्यवस्थापन समितिमा तिमिल्सिना
‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया