कास्की आदर्श समाज बहराईनमा पूर्ण बहादुर परियार नेतृत्वमा नयाँ कार्यसमिति

समाधान संवाददाता २०८२ असार २२ गते १४:२४

बराइन ।

कास्की आदर्श समाज बहराईनको हालै सम्पन्न तेस्रो राष्ट्रिय अधिवेशन तथा छैठौं वार्षिकोत्सवबाट नयाँ कार्यसमिति चयन गरिएको छ।

आगामी कार्यकाल २०२५–२०२७ का लागि पूर्ण बहादुर परियार सर्वसम्मत रूपमा अध्यक्षमा निर्वाचित भएका छन्।

Advertisement

अध्यक्ष परियारको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन गरिएको हो। प्रथम उपाध्यक्षमा लक्ष्मी क्षेत्री, द्वितीय उपाध्यक्षमा बिमल थापा मगर र तृतीय उपाध्यक्षमा रबिराज पौडेल चयन भएका छन्। यस्तै, महासचिवको जिम्मेवारी कमल कुँवरले सम्हाल्ने भएका छन् भने सचिवमा मानबहादुर पौडेल क्षेत्री, सह–सचिवमा हरि प्रसाद देवकोटा चयन भएका छन्।

कोषाध्यक्षमा प्रेमराज पौडेल, सह–कोषाध्यक्षमा राजु थापा, महिला संयोजकमा सञ्जना सुनार र युवा संयोजकमा सन्तोष न्यौपाने चयन भएका छन्।

Advertisement

व्यवस्थापन सचिवको जिम्मेवारी इन्द्र बहादुर गुरुङलाई दिइएको छ।

त्यस्तै, सदस्यहरूमा सूर्य कामी, शीला कार्की, राम बहादुर रानाभाट, सुनिता परियार, इन्द्र प्रसाद अधिकारी, मिलन गुरुङ, मनिषा तिवारी कुँवर, जीवन रानाभाट र नारायण ओझा रहेका छन्।
निर्वाचन समितिका संयोजक प्रेम बहादुर क्षेत्रीले सर्वसम्मत रूपमा चयन भएको नयाँ कार्यसमितिको घोषणा गरेका थिए। अध्यक्ष परियारले कार्यभार ग्रहण गर्दै संस्थाको मूल लक्ष्य अनुसार सामाजिक एकता, परोपकार र समृद्ध कास्की समुदाय निर्माणमा सबैको सहयोग रहने विश्वास व्यक्त गरे।
यसअघि सम्पन्न अधिवेशनमा कार्यप्रगति र आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुका साथै अतिथिहरूबाट शुभकामना मन्तव्य राखिएको थियो। कार्यक्रमको समापनमा प्रमाणपत्र वितरण, सपथ ग्रहण र रात्रिभोजको समेत व्यवस्था गरिएको थियो ।

समाजका अध्यक्ष तिर्थ बहादुर भण्डारीको अध्यक्षतामा सम्पन्न अधिवेशनमा नेपाली राजदूतावास बहराईनकी श्रम सहचारी सुनिता थापा प्रमुख अतिथि थिइन्। कार्यक्रममा समाजका संरक्षक, सल्लाहकार, गैरआवासीय नेपाली संघ, नेपाली क्लब, जनसम्पर्क समिति, प्रवासी नेपाली मञ्च, जनप्रगतिशील मञ्च, नेप्लीज वेलफेयर सोसाइटी, नेपाल आदिवासी जनजाति महासंघलगायतका प्रतिनिधिहरूको उपस्थिति थियो।
कार्यक्रम दीप प्रज्वलन र राष्ट्रिय धुन बजाएर सुरु गरिएको थियो। छैठौं वार्षिकोत्सवको अवसरमा केक काटी खुसी साटासाट गरिएको थियो भने कलाकार राम्जी गुरुङ र रेजिना छिनालले सांस्कृतिक प्रस्तुति दिएका थिए।
अधिवेशनमा महासचिव रबिराज पौडेलले कार्यप्रगति प्रतिवेदन र कोषाध्यक्ष कमल कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरे। प्रतिवेदनमा प्रवास र गृह जिल्ला कास्कीमा समाजले गरेका सामाजिक तथा परोपकारी कार्यहरूको विवरण समेटिएको थियो।

तपाईको प्रतिक्रिया