गण्डकी टोस्ट मास्टर्समा आदित्यदेव

समाधान संवाददाता २०८२ असार २३ गते ११:१२

पोखरा ।
गण्डकी टोस्ट मास्टर्स क्लबको अध्यक्षमा आदित्यदेव प्रजु सर्वसम्मत भएका छन् । पोखरामा सम्पन्न सातौं वार्षिक अधिवेशनले प्रजुको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।

Advertisement


समितिको उपाध्यक्ष शिक्षामा सम्झना पराजुली, उपाध्यक्ष सदस्यमा सुप्रिती श्रेष्ठ, उपाध्यक्ष रजनी बराल, सचिव विष्णुप्रसाद तिमिल्सिना, कोषाध्यक्ष अनमोल बज्राचार्य र सर्जन आर्मसमा डा मुकेश मल्लिक चयन भए । क्लबका संस्थापक अध्यक्ष तथा निर्वाचन समिति संयोजक प्रकाशदेव पालिखेले संस्थाले गर्नुपर्ने कामबारे प्रकाश पारे ।


उनले संस्थाले नेतृत्व विकासमा उल्लेख्य काम गरेको बताए । नेपाल युवा उद्यमी मञ्च पोखराका अध्यक्ष समेज राजभण्डारीले संस्था युवालाई बोल्न क्षमता बढाउने काममा लागेको बताए । नयाँ पदाधिकारीलाई क्लबका निवर्तमान अध्यक्ष श्रीविद्या रघुनन्दन कायस्थले शुभकामना दिइन् ।

Advertisement


टोस्टमास्टर्स अफ द इयर, राइजिङ स्टार, अनटोल्ड हिरो, स्पिकर अफ द इयर तथा अन्य उपाधि घोषित भएकालाई समारोहमा पुरस्कार वितरण गरिएको छ । उनीहरुलाई क्लबका संस्थापक अध्यक्ष प्रकाशदेव पालिखे, पूर्वअध्यक्ष वैभव पौडेल लगायतले पुरस्कृत गरेका हुन् ।


नवनिर्वाचित अध्यक्ष प्रजुले दक्षिण एसियामा विकास हुन नसक्नुका कारण प्रस्तुत गर्दै बालबालिकाको शिक्षा प्रणाली सुधार गर्नुपर्ने बताए ।

Advertisement

तपाईको प्रतिक्रिया