लेकसिटी कलेजमा विद्यार्थीको सम्मान र विदाइ

पोखरा ।
लेकसिटी कलेज एण्ड रिसर्च सेन्टर, पोखराले स्नातक तहको अध्ययन पूरा गरेका विद्यार्थीहरुको सम्मानमा एक कार्यक्रम आयोजना गरी विदाइ गरेको छ । कलेजमा स्नातक तह तृतीय वर्षमा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार भएको कार्यक्रममा खादा र मायाको चिनोसहित उनीहरुलाई विदाइ गरिएको हो ।
कार्यक्रममा कलेज सञ्चालक समितिका अध्यक्ष प्रा.डा. विश्वकल्याण पराजुलीले विद्यार्थीहरूलाई आगामी दिनका लागि शुभकामना दिँदै समाजको हितका लागि सधैं सक्रिय रहन आग्रह गरे । समयानुकूल आधुनिक शिक्षा प्रदान गर्ने कुरामा कलेज प्रतिबद्ध रहेको बताउँदै अध्यक्ष प्राडा पराजुलीले लेकसिटीका विद्यार्थीहरु समाजमा अव्वल सावित हुने विश्वास व्यक्त गरे ।
धेरै मानिसले आफ्ना लक्ष्य र उद्देश्यको पहिचान कलेज जीवनमा गर्ने गरेको भन्दै परिचय निर्माण र सीप विकासमा पनि केन्द्रित हुन उनले विद्यार्थीहरूलाई सुझाव दिए ।
सो अवसरमा कलेजका सहायक क्याम्पस प्रमुख शोभाकान्त सिग्देलले संस्थाको हरेक गतिविधिलाई अघि बढाउन विद्यार्थीले खेलेको भूमिका स्मरणीय रहेको उल्लेख गर्नुभयो । सहायक क्याम्पस प्रमुख सिग्देलले अध्ययन पूरा गरेर विदा भए पनि कलेजले पूर्वविद्यार्थीहरूलाई सधैं संस्थाको सदस्यका रूपमा सम्मान गरिरहने बताए ।
कार्यक्रममा मानविकी संकायतर्फ स्नातक तह पूरा गरेका विद्यार्थीहरू मार्था हिताङ र स्मृति काफ्लेले मन्तव्य राख्दै कलेजमा अध्ययन गर्दाका विभिन्न प्रसंगहरू स्मरण गरे । उनीहरूले लेकसिटी सधैं जीवनको अभिन्न अंग बनिरहने बताए । बिबिएस तेस्रो वर्षमा अध्ययनरत विद्यार्थी प्रतीक पौडेलको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन विद्यार्थीहरू अस्मिता रानाभाट र सम्झना भट्टराईले गरेका थिए ।
मानविकी संकायतर्फ स्नातक तहको अध्ययन पूरा गरेकी विद्यार्थी मिसान गोम्जाले गीत प्रस्तुत गरेकी थिइन् । त्यसैगरी, कलेजमा मानविकी र व्यवस्थापन संकायमा विभिन्न वर्षमा अध्ययनरत विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुतिका रूपमा नृत्य प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कलेजमा अध्यापनरत प्राध्यापकहरूले विद्यार्थीहरूलाई टीका, खादा र मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए । त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त लेकसिटी कलेज २०६४ मा स्थापना भएको हो । हाल कलेजमा ३ सय ५० विद्यार्थी छन् ।
कलेजले शैक्षिक गतिविधिका अलावा अध्ययनरत विद्यार्थीलाई सहभागी गराएर विभिन्न कार्यक्रम वार्षिक रूपमा सञ्चालन गर्दै आइरहेको जनाएको छ । रक्तदान, वृक्षरोपण, शैक्षिक भ्रमण तथा अवलोकनजस्ता कार्यक्रमलाई निरन्तरता दिइएको छ ।
लेकसिटीस्थित सामाजिक विज्ञान केन्द्रले विभिन्न विषयमा मौलिक प्रस्तुतिका रूपमा हरेक महिना कचहरी कार्यक्रम सञ्चालन गर्दै आएको छ । कलेजले स्नातक तहमा व्यवस्थापन संकायमा बीबीएस र मानविकी संकायमा पत्रकारिता तथा आमसञ्चार, समाजशास्त्र, अङ्ग्रेजी साहित्य र बीएएसडब्ल्यू (समाजसेवा) विषयमा पठनपाठन सञ्चालन गर्दै आएको छ ।







गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
आन्दोलन छानबिन र दोषीमाथि कारबाहीको माग
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया