पोखरामा जुवातास खेल्दै गरेका १७ जना पक्राउ
समाधान संवाददाता
२०८२ असार २४ गते १६:५८

पोखरा ।
कास्की प्रहरीले जुवातास खेलिरहेको अवस्थामा १७ जनालाई पक्राउ गरेको छ। प्रहरीको दुई फरक टोलीले पोखराका दुई स्थानमा छापा हानी उनीहरुलाई नगदसहित नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा महानगरपालिका–१० रक्षामार्गस्थित एक घरबाट ९ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट २ लाख २२ हजार र ४ बुक तास बरामद गरिएको प्रहरीको भनाइ छ।
पोखरा–१५ घलेचोकबाट १ लाख ९१ हजार र ४ बुक तास सहित ८ जना पक्राउ परेको प्रहरीले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूमाथि सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताको विरुद्ध जुवा खेल्न नहुने कसुरमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ। उनीहरुलाई ५ दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।
सम्बन्धित







फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया