नेत्रहीन विद्यार्थी फाउन्डेशनलाई गान्धी गुरुङले गरिन् सहयोग

समाधान संवाददाता २०८२ असार २४ गते १८:३१

पोखरा ।

पोखरास्थित नेपाली नेत्रहीन विद्यार्थी फाउन्डेसनलाई पोखरा वडा नं. १७ की समाजसेवी गान्धीकुमारी गुरुङद्वारा १० हजार रूपैयाँ प्रदान गरिएको छ । गत वर्षदेखि गोरखा आरुघाट गाउँपालिका वडा नं. ३ स्थित जलकन्या माविमा कक्षा १० मा अध्ययनरत दृष्टिविहीन विद्यार्थीहरू राजेन्द्र विक, राजी विक, सन्तोषीमाया गुरुङ र एड्विन गुरुङलाई आरुघाट केन्द्रमा बसेर पढी एसईई परीक्षा दिनका लागि आर्थिक सहयोग पुर्‍याइदिन उक्त विद्यालयका प्रधानाध्यापक टेकबहादुर दाहालले फाउन्डेशनलाई विद्यार्थी विवरणसहित लिखित निवेदन पठाएका थिए ।

दृष्टिविहीन चारै जना विद्यार्थीहरूले एसईई परीक्षा पनि उत्तीर्ण गरिसकेका छन् । उनीहरूलाई जनही रूपैयाँ २५ सयका दरले जम्मा १० हजार रुपैयाँ छात्रवृत्ति प्रदान गर्न पाउँदा आफूलाई अत्यन्त सन्तुष्टि प्राप्त भएको दातृ गान्धी कुमारीले जनाएकी छन् ।
फाउन्डेसनका तर्फबाट संस्थापक शिवलाल धितालले एसईई परीक्षा उत्तीर्ण गरेका चारै दृष्टिविहीन विद्यार्थीहरूलाई बधाई ज्ञापन गर्दै दातृ गान्धी कुमारी गुरुङलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया