मातृशिशु मितेरी अस्पतालमा दूरबिन प्रविधिबाट शल्यक्रिया र डिजिटल एक्सरे सेवा विस्तार

पोखरा ।
पोखरा महानगरपालिका–१६ मा अवस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पतालले दूरबिन प्रविधिमा आधारित शल्यक्रिया र डिजिटल प्रणालीमा आधारित डिआर एक्सरे सेवा विस्तार गरेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष तथा कास्की जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले बुधबार औपचारिक रूपमा सेवाको शुभारम्भ गरे। उनले सेवा विस्तारसँगै बिरामीका लागि आधुनिक प्रविधिमार्फत शल्यक्रिया सहज हुने बताए।
अध्यक्ष पौडेलले गण्डकी प्रदेश सरकारको आर्थिक सहयोगमा करिब रु. ९७ लाखको लागतमा फोरके प्रणालीको शल्यक्रिया मेसिन जडान गरिएको जानकारी दिए। “छाला नकाटी प्वाल पारेर शल्यक्रिया गर्न सकिने र सेवा छिटोछरितो हुने भएकाले बिरामीको अस्पताल बसाइको समय पनि घट्ने अपेक्षा गरिएको छ। यस मेसिनले नाक, कान, घाँटी र स्त्रीरोगसम्बन्धी समस्याको छिटो र प्रभावकारी उपचारमा सहयोग पुर्याउनेछ,” उनले भने।
त्यसैगरी, करिब रु. ३४ लाखको लागतमा पाँच सय एमए क्षमताको डिआर एक्सरे मेसिन पनि जडान गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. धर्मदेव ढकालले यस प्रविधिबाट चिकित्सकलाई सबै प्रकारका जटिल एक्सरे परीक्षण गर्न तथा सबै अंगको सहज, छिटो र स्पष्ट तस्बिर प्राप्त गर्न सकिने जानकारी दिए।
नवीनतम चिकित्सकीय उपकरण र डिजिटल प्रविधिले पोखराको मातृशिशु मितेरी अस्पताललाई स्वास्थ्य सेवा क्षेत्रमा थप सशक्त बनाउने विश्वास डा. ढकालले व्यक्त गरे।








पोखरा सडक महोत्सवमा पहिलो पटक ‘ह्यान्डि क्राफ्ट एन्ड गार्मेन्ट मार्ट’ हुँदै
यामाहाको ‘ब्लु क्याम्प’ सुरु : लेबर चार्जमा ५० प्रतिशत छुट, मर्मतमा सतप्रतिशत क्यासब्याकको अवसर
धुलोमै खेल्छन् खेलाडी, धुलोमै बस्छन् दर्शक
पोखरामा ‘उद्यम क्लिनिक’ सञ्चालन हुने
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया