सुशान्त राउतद्वारा एनआरएनए क्यानाडाको २०२५-२०२७ कार्यकालको लागि उपाध्यक्षमा उम्मेदवारी घोषणा

समाधान संवाददाता २०८२ असार २५ गते १६:००

ओन्टारियो, क्यानाडा ।

Advertisement

क्यानाडामा रहेका सम्पूर्ण नेपाली समुदायलाई सम्बोधन गर्दै सुशान्त राउतले साझा चौतारी गैर आवासीय नेपाली संघ (एनआरएनए) क्यानाडाको आगामी कार्यकाल (२०२५–२०२७) को लागि सेन्टरल उपाध्यक्ष पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

एनआरएन क्यानाडाको सन् २०२१–२०२३ को कार्यकालमा हेल्प डेस्क कोअर्डिनेटरको रुपमा कार्यरत राउतले नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम अधिकृतको भूमिकाबाट सुरु भएको आफ्ना दीर्घ अनुभव र सामाजिक सेवामा समर्पणलाई उजागर गर्दै आएका छन्।

Advertisement

उनले विशेषगरी नयाँ आगन्तुक नेपालीहरूको सहयोग, नेपाली भाषा, संस्कृति र पर्यटनको प्रवर्द्धन, खेलकुदको माध्यमबाट समुदाय निर्माण, सरकारी तहमा नेपाली समुदायको हकहितको पैरवीजस्ता विषयलाई प्राथमिकता दिने योजना सार्वजनिक गरेका छन्।

राउतले क्यानाडा सरकारका सांसद तथा मन्त्रीहरूसँग भएका बैठकहरू, ब्रदर्शहुड स्पोर्ट क्लबको अध्यक्ष पदमा रहेर गरिएको काम, र प्रवासी नेपालीहरूका लागि नेपाल र क्यानाडाबीचको सम्बन्धलाई मजबुत बनाउने पहललाई समेत आगामी कार्यकालमा अझ प्रभावकारी बनाउने अठोट व्यक्त गरेका छन्।

Advertisement

उनीद्वारा प्रस्तुत १२ बुँदे कार्ययोजनामा एनआरएन संस्थालाई सबै नेपालीहरूको साझा चौतारी बनाउने, नेपाली भाषामा सरकारी कार्य सहज बनाउने, ‘बिफोर ट्राभल्स टु क्यानाडा’ अनलाइन कोर्स सुरु गर्ने, आर्थिक विकास, रोजगार र लगानी प्रवर्द्धनमा एनआरएनलाई नेतृत्वकारी बनाउने लगायतका महत्वाकांक्षी योजनाहरू समेटिएका छन्।

शुसान्त राउतले सम्पूर्ण क्यानाडाबासी नेपाली समुदायसँग हार्दिक समर्थन र अमूल्य मतको अपिल गर्दै आफ्नो सेवा भाव र प्रतिबद्धताको प्रतिबिम्ब प्रस्तुत गरेका छन्।

तपाईको प्रतिक्रिया