पूर्वमन्त्री कुमार खड्का कांग्रेसको साधारण सदस्यबाट निष्कासित

समाधान संवाददाता २०८२ असार २५ गते १८:०५

काठमाडौं । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्कालाई पार्टीको साधारण सदस्यसमेत नरहने गरी एक वर्षका लागि निष्कासन गरेको छ।

Advertisement

२०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारको विपक्षमा गतिविधि गरेको ठहर गर्दै कांग्रेसले उनलाई अनुशासनको कारबाहीस्वरूप निष्कासित गरेको हो।

गण्डकी प्रदेशका सांसद तथा सामाजिक विकासमन्त्री बिन्दुकुमार थापाले खड्काविरुद्ध उजुरी दिएका थिए। सो उजुरीका आधारमा अनुसन्धान अघि बढाइएको थियो।

Advertisement

पार्टीको केन्द्रीय अनुशासन आयोगले पठाएको स्पष्टीकरण सोधपत्रको सन्तोषजनक जवाफ नपाएको भन्दै उनलाई कारबाही गरिएको आयोगका संयोजक आनन्दप्रसाद ढुंगानाले जानकारी दिए।

उनका अनुसार खड्कालाई साधारण सदस्यबाट एक वर्षका लागि निलम्बन गरिएको छ।

Advertisement

तपाईको प्रतिक्रिया