टेलिकमको अनलिमिटेड प्याकमा ३० प्रतिशत छुट !

काठमाडौँ ।
नेपाल टेलिकमले आफ्ना ग्राहकहरुका लागि विभिन्न आकर्षक प्याकेजसहितको ‘मनसुन अफर २०८२’ घोषणा गरेको छ । यो अफर असार २६ गतेदेखि लागु हुनेछ ।
ग्राहकहरूको सन्तुष्टि र डिजिटल आवश्यकतालाई ध्यानमा राख्दै टेलिकमले यो नयाँ अफर ल्याएको हो । यो अफर अन्तर्गत ग्राहकहरूले सस्तो दरमा भ्वाइस, डाटा तथा एसएमएस प्याकेजहरू प्राप्त गर्न सक्नेछन् । कम्पनीले ग्राहकहरूको प्रतिक्रिया, सुझाव र सेवा प्रयोगको शैलीलाई ध्यानमा राखेर यो अफर तयार पारेको जनाएको छ ।
अफरको सबैभन्दा विशेष पक्षमा, शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएका व्यक्तिहरूका लागि बोनससहितको प्याकेजको व्यवस्था गरिएको छ । साथै, लोकप्रिय ‘सजिलो अनलिमिटेड ६९९’ र ‘सजिलो अनलिमिटेड ७९९’ प्याकेजमा ३० प्रतिशतको विशेष छुट प्रदान गरिने टेलिकमले जनाएको छ ।
ग्राहकहरूले यी प्याकेजहरू खरिद गर्न आफ्नो मोबाइलबाट स्टार १४१५ ह्यास डायल गर्न सक्नेछन् । यसका साथै, ‘नेपाल टेलिकम’ एप प्रयोग गरेर पनि अफरबारे जानकारी लिन र प्याकेज खरिद गर्न सकिनेछ ।
कम्पनीका प्रवक्ता रवीन्द्र मानन्धरद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, अफरसम्बन्धी थप विस्तृत जानकारी नेपाल टेलिकमको आधिकारिक वेबसाइटबाट प्राप्त गर्न सकिनेछ ।








सुन्तला टिप्ने काम खोज्दै धादिङका युवा म्याग्दीमा
लेखनाथमा भोलिबाट महोत्सव
मादी पुल वैशाखभित्रै बन्ने
सम्पादकीय—निर्वाचन सुरक्षा र प्रहरी प्रशासनको दायित्व
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया