मनोसामाजिक तालिम सकियो

पोखरा ।
हार्ट माइन्ड कन्सल्टेन्सी पोखराले सञ्चालन गरेको ६ महिने मनोसामाजिक मनोविमर्शको तालिम ९ जनाले पूरा गरेका छन् । गएको पुस १ गतेबाट सञ्चालन भएको तालिम ६ महिना अर्थात ७ सय ८० घन्टा पूरा भएपछि बुधबार समापन गरिएको हो ।
एक कार्यक्रम आयोजना गरी संस्थाले प्रमाणपत्र वितरण र अनुभव आदानप्रदान गरेको छ । कार्यक्रममा गण्डकी प्रदेश स्वास्थ्य तालिम केन्द्रका महानिर्देशक विनोदबिन्दु शर्माले तालिमपश्चात सिकेका कुरालाई व्यवहारमा लागू गर्न र समाजमा प्रयोग गर्न आग्रह गरे ।
उनले गण्डकी प्रदेशका २ जिल्लाबाहेक सबै जिल्लामा साइक्याट्रिक राखिएको बताउँदै हार्ट माइन्ड कन्सल्टेन्सीले सञ्चालन गर्ने तालिम बहुउपयोगी भएको उल्लेख गरे । राष्ट्रिय मानव अधिकार आयोग गण्डकी प्रदेशका मानव अधिकार अधिकृत खिमलाल सुवेदीले मानव अधिकार र मानसिक स्वास्थय एक अर्काका परिपूरक भएको बताए ।
कन्सल्टेन्सीका निर्देशक सुदीप घिमिरेले गण्डकी प्रदेशमा नै पहिलो पटक मनोसामाजिक मनोविमर्शको तालिम सिटिइभिटीबाट सम्बन्ध प्राप्त गरी सञ्चालन गरेको बताए । उनले सुरुवातको चरण निकै चुनौतीपूर्ण रहेको बताउँदै स्थानीय तह र प्रदेश सरकारसँग सहकार्य गरेर आगाडि बढदै जाने उल्लेख गरे । कार्यक्रममा प्रशिक्षार्थीहरु रुकबहादुर गुरुङ र सकुन्ता पाण्डेले अनुभव सुनाएका थिए ।








फेदीमा दोभान कप सुरु
‘सृजना कप’ विद्यालयस्तरीय भलिबलको तयारी
पुस ३ गतेदेखि हिसान स्पोर्ट्स मिट
लजी लन्ड्री लाउन्ज सञ्चालनमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया