पोखरा-१४ को उदाहरणीय पहल: बजेट नकुरी आफ्नै स्रोतमा सडकका खाल्डा पुर्न थाल्यो

पोखरा । पोखरा महानगरपालिका वडा नं. १४ ले एक अनुकरणीय अभियानको थालनी गरेको छ। वडाले आफ्नो क्षेत्रभित्रका मुख्य सडकमा रहेका खाल्डाखुल्डी पुर्न ‘सडक खाल्टा पुरौं अभियान’ सुरु गरेको हो। यो अभियान साउन महिनाभरि चल्नेछ।
अभियानको पहिलो दिन वडाको भोटेचौतारा क्षेत्र वरपरका खाल्डाहरू पुरेर कामको शुभारम्भ गरिएको छ। वडा अध्यक्ष बोधबहादुर कार्कीका अनुसार, यो अभियान कुनै पनि सरकारी वा दातृ निकायको आर्थिक सहयोग बिना सञ्चालन गरिएको हो।
अध्यक्ष कार्कीले वडाभित्र कार्यरत निर्माण व्यवसायी र प्राविधिकहरूबाट सहयोग तथा श्रमदान जुटाएर अभियान अघि बढाइएको जानकारी दिए । उनले भने, “सरकारी बजेटबाट बनेका सडकहरू समयमै मर्मत नहुँदा जीर्ण बन्दै जाने र दुर्घटनाको जोखिम बढ्ने भएकाले हामीले कसैलाई नपर्खी यो अभियान थालेका हौं।”
यो अभियान वडा अध्यक्षसहित पाँचै जना जनप्रतिनिधिको संयोजन र स्थानीय टोल विकास संस्थाका प्रतिनिधिहरूको सहकार्यमा सञ्चालन भइरहेको छ। सबैको संयुक्त प्रयासबाट वडालाई ‘खाल्डारहित’ बनाउने लक्ष्य लिइएको अध्यक्ष कार्कीको भनाइ छ।








मनोहर युवा क्लबद्वारा तेस्रो खुल्ला पुरुष भलिबल प्रतियोगिता हुने
राष्ट्रिय सभा निर्वाचन : सात प्रदेशमा तोकिए मतदान स्थल
पोखरा महानगरले बाँड्यो ‘नवरत्न सम्मान’, अमृत गुरुङदेखि तीर्थ श्रेष्ठसम्म सम्मानित
पश्चिम पृतनाको कमान्ड सम्हाल्न उपरथी थापा पोखरा आउँदै
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया