तान्त्रिक संघ कास्कीको उद्घाटन

समाधान संवाददाता २०८२ असार २६ गते १७:४८

पोखरा ।
पोखरा महानगरपालिका ११ काहुँमा रहेको तान्त्रिक संघ कास्कीको उद्घाटन गरिएको छ । अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णु केसीले बिहीबार संघको उद्घाटन गरेका हुन् ।


अध्यक्ष विष्णुले धामी झाँक्रीले फुकेर उपचार गर्ने परम्परागत र संस्कृति भएकाले यसलाई जोगाउनुपर्ने बताए । फुकफाक गरेर उपचार गर्ने अन्धविश्वास नभइ आस्थासँग गहिरो रुपमा जोडिएको उनले बताए । परम्परागत ज्ञान, उपचार विधि र धार्मिक कार्यले समुदायको आत्मबल बढाउने र मानसिक शान्ति प्रदान गर्ने केसीको धारणा छ ।


झाँक्री धर्मगुरु प्रविन तामाङ, रामभक्त मिलन घिमिरे, सम्झना घिमिरे, बाल कुमार लुँइटेल मिलेर संघ सञ्चालन गरेका हुन् ।
काहुँडाडा निवासी भरत आचार्यले संघलाई घर र जग्गा उपलब्ध गराएका हुन् । आचार्यले नियम कानुन भित्र रहेका काम गर्न आग्रह गरे । यसलाई सेवामुलक बनाउँदै सामाजिक कार्यमा निरन्तर लाग्न उनले जोड दिए ।

Advertisement


सञ्चालन मिलन घिमिरेले संस्कार र संस्कृति जोगाउने उद्देश्यले संघको स्थापना गरिएको जानकारी दिए । नराम्रो शक्तिबाट समाजलाई जोगाउन प्रयत्न गरिने उनको भनाइ छ । कार्यक्रममा झाँक्री प्रदर्शनी गरिएकाे थियाे ।

Advertisement

तपाईको प्रतिक्रिया