मीन माध्यमिक विद्यालयलाई सहयोग

समाधान संवाददाता २०८२ असार २६ गते १८:०८

डुम्रे (तनहुँ) ।

Advertisement

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले तनहुँको १ विद्यालयलाई सहयोग गरेको छ । गत जेठमा म्याग्दे गाउँपालिका–४ थर्पुस्थित मीन माध्यमिक विद्यालय भवनको छानो हुरीले उडाएपछि अध्ययन–अध्यापन प्रभावित भएको जानकारी पाएपछि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले रु एक लाख खर्चेर विद्यालयलाई टिनको छानो हालिदिएको हो ।


विद्यालयका प्रधानाध्यापक राजेन्द्र भण्डारीका अनुसार विद्यालयको १२ कोठे भवनमा ट्रस राखेर छानो हालिएको छ । यसअघि ढुंगाको छानो थियो । त्यसलाई नै निरन्तरता दिँदा दुर्घटनाको जोखिम भएकाले ढुंगाको सट्टा टिन प्रयोग गरिएको उने बताए । रासस

Advertisement

तपाईको प्रतिक्रिया