लुम्बिनी बैंकद्वारा ट्यांकी हस्तान्तरण
समाधान संवाददाता
२०८२ असार २६ गते १९:०३

पोखरा ।
लुम्बिनी विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कास्की जिल्ला, पोखरा महानगरपालिका वडा नं. १५, फलेपाटनमा अवस्थित सिद्ध माध्यमिक विद्यालयलाई ३ थान स्टिलको पानी ट्यांकी हस्तान्तरण गरेको छ । कार्यक्रममा बैंकका सञ्चालक रामचन्द्र सिग्देल, पूर्व अध्यक्ष सुशीलराज पराजुली, उक्त विद्यालयका अध्यक्ष, प्रधानाध्यापक, अन्य शिक्षकहरू तथा पोखरास्थित बैंकका शाखा प्रबन्धकहरूको सहभागिता थियो ।
लुम्बिनी विकास बैंकले देशभरि रहेका ८९ वटा शाखा कार्यालयहरू, एक विस्तारित शाखा (एक्सटेन्सन काउन्टर) र २० एटीएम टर्मिनलमार्फत ५ लाखभन्दा बढी ग्राहकहरूलाई ‘निरन्तर सहयात्रा’ भन्ने नाराका साथ उच्चस्तरीय, आधुनिक एवं नवीनतम प्रविधिहरूसहितको सुरक्षित बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ ।
सम्बन्धित








पर्वतीय दौडमा १३ लाख खर्च
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
नागरिक समाजको प्रतिवेदनको तयारी
श्रमिक सहकारीको पुँजी सवा २ करोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया