एसईईको नतिजा विश्लेषण तथा समीक्षा

समाधान संवाददाता २०८२ असार २७ गते १९:५२

पोखरा।

शिक्षा विकास निर्देशनालय गण्डकीले प्रदेशको माध्यमिक शिक्षा परिक्षा एसईई २०८१ को नतिजा विश्लेषण एवंम समीक्षा गरेको छ ।

शुक्रबार शिक्षा विकास निर्देशनालय गण्डकिको सभाहलमा एक कार्यक्रम आयोजना गरेर नतिजाको विश्लेषण एवंम समिक्षा गरिएको हो ।

Advertisement

समीक्षा कार्यक्रममा प्रमुख अतिथि सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेशका उपसचिव तथा प्रवक्ता तोयनाथ लम्सालले समग्रमा हेर्दा यसवर्ष गण्डकी प्रदेशमा एसईईको नतिजा हेर्दा प्रशंसनीय रहेको बताए ।

उनले शिक्षा क्षेत्रको वर्चस्व कायम राख्न र शैक्षिक अवस्थालाई थप व्यवस्थित र परिस्कृत गर्नका लागि प्रशासनिक नेतृत्व र नैतिक नेतृत्व गर्नेहरुसँग समन्वय र सहकार्य गर्न जरुरी रहेको बताए । सबै पेशागत संघसंगठनहरु एकजुट हुनुपर्ने समेत प्रवक्ता लम्सालको भनाई छ ।

Advertisement

कार्यक्रममा ११ वटै जिल्लाका शिक्षा बिकास तथा समन्वय इकाइ प्रमुखहरुले जिल्लागत नतिजा प्रस्तुतीकरण गरेका थिए ।

शिक्षा विकास तथा समन्वय इकाइ कास्कीका प्रमुख लोकनाथ आचार्य, लमजुङका इकाई प्रमुख दिवाकर शर्मा, गोरखाबाट रमेश मैनाली, पर्वतबाट इकाई प्रमुख मोति चपाई, तनहुँबाट इकाई प्रमुख कृष्ण कुमार श्रेष्ठ, स्याङ्जाबाट इकाइ प्रमुख बिश्व राज आचार्य, बागलुङबाट प्रकाश बन्धु अर्याल, म्याग्दीबाट बिदुर शर्मा र नवलपुरबाट दीपेन्द्र श्रेष्ठले जिल्लागत नतिजा प्रस्तुत गरेका थिए ।

मुस्ताङबाट भने प्राबिधिक सहायक चन्द्रसिङ्ग बिकले मुस्ताङको एसईई नतिजा प्रस्तुत गरेका थिए भने मनाङ भने अनुपस्थित थियो ।

सो अवसरमा शिक्षा बिकास निर्देशनालय गण्डकीका महानिर्देशक घनश्याम पौडेलले गण्डकी प्रदेशका सबै जिल्लाहरुको नतिजा विश्लेषण र समिक्षा गरिएको बताए ।

अब माध्यमिक शिक्षा परीक्षा (एसईई) प्रदेस्तरबाटै सञ्चालर्ने हुने भएकाले त्यसको तयारीका लागि कार्यक्रममा छलफल गरिएको पौडेलले बताए ।

कार्यक्रममा केन्द्राध्यक्ष एवंम प्रधानाध्यापकहरुको तर्फबाट प्रधानाध्यापक एसोसिएसन गण्डकिका अध्यक्ष बामदेव पौडेलले एसईईको नतिजालाइ मात्रै अन्तिम नतिजाको रुपमा लिन नहुने बताए ।

कार्यक्रममा गण्डकी प्रदेश भित्रका परिक्षा केन्द्रका केन्दाक्ष्यक्ष, पेशागत संघसंगठनका प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा स्वागत मन्तव्य निर्देशनालयका उपमहानिर्देशक बिमला कुमारी शर्मा र कार्यक्रम सन्चालान अधिकृत आठौं तहका खेमराज पौडेलले गरेका थिए ।

तपाईको प्रतिक्रिया